अभिनेता आयुस्मान खुरानाको नयाँ फिल्म 'बाला'ले एक सय करोड भारू कमाइ कटाएको छ।
'बाला'जम्मा २५ करोड भारूमा बनेको हो।
अमर कौशिकको निर्देशनमा बनेको 'बाला'मा आयुष्मानका अलावा भूमि पेडनेकर, यमी गौतम, सिमा पाहवा, जावेद जाफरी तथा सौरभ शुक्लाको प्रमुख भूमिका छ। 'बाला'ले रिलिजकै दिन दस करोड भारू कमाइ गरेको थियो।
फिल्मले २५ वर्षको उमेरबाट आफ्नो कपाल गुमाउन थालेको एक युवकको भोगाइको कथा पेश गर्छ।
आयुस्मानजस्ता कुशल अभिनेताले कम बजेटकै फिल्म खेलेर लगातार सात वटा हिट फिल्म दिइसके। अझ यसअघिको 'अन्धाधुन'ले त चीनमा समेतगरी चार सय करोड भारूभन्दा बढी कमाइसकेको छ।
सन् २०१२ मा 'विक्की डोन'मार्फत् बलिउड प्रवेश गरेका आयुस्मानले हालसम्म १३ वटा फिल्म खेले जुन सबै कम बजेटका थिए। यीमध्ये उनका ९ वटा फिल्म हिट छन्। सन् २०१७ यता त उनका सबै फिल्मले एक सय करोड कमाइ कटाइसकेका छन्।
'बाला' को कमाइ अझै बढ्ने सम्भावना छ। आयुस्मान आफ्नो नयाँ फिल्म 'शुभ मंगल ज्यादा सावधान'को तयारीमा व्यस्त छन्। यसअघि उनी अमिताभ बच्चनसँगै 'गुलाबो सिताबो' मा देखिनेछन्। 'शुभ मंगल ज्यादा सावधान'मा उनले समलिंगीको भूमिका निर्वाह गर्दैछन्।