तेलको विज्ञापन गर्दा गोविन्दा र जैकी श्राफले तिर्नुपर्यो २० हजार जरिवाना

Agency

बलिउडका दुई स्टार गोविन्दा र जैकी श्राफका लागि एउटा तेलको विज्ञापन यति महंगो सावित भयो, जब उत्तर प्रदेशको मुजफ्फरनगरस्थित उपभोक्ता अदालतले दुबैलाई २० हजार रुपैयाँ जरिवानाको सजाय तोकेको छ। 

दुबैले टाउको दुखेको निको हुने तेलको विज्ञापन गरेका थिए। विज्ञापनमा दावी गरिएको थियो, टाउको दुखेको १५ दिनमा चटक्कै हुन्छ। यी दुबै स्टारविरूद्ध यो मुद्धा २०१३ मा दर्ता गरिएको थियो। जसको निर्णय शनिबार सार्वजनिक भएको हो।

विज्ञापनमा टाउको दुख्न निको नभए १५ दिनमा पैसा फिर्ता हुने दावी गरिएको थियो। जुलाई २०१२ मा पत्रपत्रिकामा तेलको विज्ञापन आएपछि मुजफ्फरनगरका वकिल अभिनव अग्रवालले आफ्नो ७० वर्षीय बुवाका लागि ३६ सय रुपैयाँको तेल किनेर लगेका थिए। अभिनवले अदालतमा दर्ता गरिएको मुद्धामा गोविन्दा र जैकी जस्ता स्टार कलाकारले तेलको प्रचार गरेका कारण विश्वासमा खरिद गरेको बताए।

प्रकाशित मिति: : 2019-11-24 22:31:03

प्रतिकृया दिनुहोस्