अर्जुन भन्छन्–‘तपाई मेरो मजाक बनाउन सक्नुहुन्छ’

तस्बिरः एजेन्सी

नायक अर्जुन कपुरका नायिका मलाइका अरोरासँगको प्रेमका कारण बढी चर्चामा छन्। अहिले अर्जुनले अभिनय गरेको चलचित्र ‘पानीपत्त’ रिलिजको तयारीमा छ। ऐतिहासिक कथामा बनेको यो चलचित्रको ट्रेलर सार्वजनिक भएपछि अर्जुनको मजाक उडाइएको छ।

उनको भूमिकालाई लिएर व्यापाक ट्रोल भएको छ। यो चलचित्रमा उनी मराठाका योद्धा सदासिव रावको भूमिकामा देखिदैछन्।

अर्जुन भन्छन्–‘तपाई मेरो मजाक बनाउन सक्नुहुन्छ, किनकी आज म यहाँ छु तर भोली नहुन पनि सक्छु। तर, यो चलचित्रको तपाई मजाक बनाउनुहुन्छ भने भारतका लागि आफ्नो जीवन नै बलिदान गर्ने शहिदहरुको तपाई मजाक उडाउँदै हुनुहुन्छ।’

उनले, चलचित्रमा देखिएका धेरै व्यक्तिहरु भारतका लागि लड्दा लड्दै सहिद भएको बताए।

उनले अगाडि भनेका छन्–‘मैले आजसम्म सुभाषचन्द्र बोसको ट्रोल बनाएको पाएको छैन। तर, मैले सदासिव्राओ भाउको मजाक बनाएको देखेको छु।’

उनले सामाजिक संजालमा अहिले नकारात्मक कुरा नै बढी फैलिने गरेको भन्दै चिन्ता प्रकट गरे।

प्रकाशित मिति: : 2019-11-28 12:12:27

प्रतिकृया दिनुहोस्