तपाईंको फोन ‘स्लो’ भयो?

AGENCY

आजकाल लगभग हरेकसँग स्मार्टफोन हुन्छ। संसारभरी एन्ड्रोइड फोन सबैभन्दा बढि प्रयोग गरिन्छन्। एन्ड्रोइडका साथै आइओएस स्मार्टफोन पनि निकै प्रयोग गरिन्छन् तर आइओएसभन्दा एन्ड्रोइड प्रयोगकर्ता नै धेरै भेटिन्छन्।

एन्ड्रोइड अपरेटिङ सिस्टम र आइओएस दुबै थुप्रै विशेषताका साथ आउँछ जसले फोनको क्षमता उत्कृष्ट हुने गर्दछ। साथै हरेक नयाँ ओएसको आफ्नो एक विशेषता पनि हुने गर्दछ। तर जतिसुकै नयाँ वा लेटेस्ट ओएस किन नहोस् एक समयपछि फोनको स्पिड स्लो हुने गर्दछ र त्यसको क्षमतामा फरक पर्ने गर्दछ।

आज हामी तपाईंलाई त्यही कारणबारे जानकारी दिँदै छौं जसले तपाईंको स्मार्टफोनलाई स्लो पारिदिन्छ ।

ओएस अपग्रेडः

सबैभन्दा पहिले तपाईंलाई थाहा पाउनुपर्छ कि हरेक फोनको क्षमता त्यसमा दिइएको ओएस, र्याम र मेमोरीको सम्मिश्रणमा निर्भर हुन्छ अर्थात् सिधा शब्दमा भन्नुपर्दा यी बिचको तालमेल जति राम्रो हुन्छ, फोनको क्षमतामा त्यति नै वृद्धि हुन्छ । सबै फोनमा ओएस र प्रोसेसर हुन्छ भन्ने कुरा त सबैलाई थाहा होला।

यदि तपाईंको फोन कुनै पुरानो ओएसमा काम गर्दछ वा तपाईं आफ्नो फोनमा नयाँ ओएस अपग्रेड गर्न चाहनुहुन्छ भने फोनमा दिइएको प्रोसेसरसँग मिल्छ कि मिल्दैन भन्ने कुरा सबैभन्दा पहिले याद राख्नुहोस्। पहिले नै बताइए अनुसार यदि ओएस र प्रोसेसरको तालमेल सही भएन भने फोनको गति स्लो हुनुका साथै विभिन्न समस्या पनि देखिने गर्दछ ।

एप अपडेटः

फोनमा विभिन्न प्रकारका एप्स डाउनलोड गरिन्छ। गेम एप्स, इन्टरटेन्मेन्ट एप्स वा अन्य कुनै। लाइटवेट भनिने यस्ता एप्स बिस्तारै हेभी हुने गर्दछ। यसको कारण एप्सको अपडेट गर्नु हो। यस्ता अपडेटले फोनको र्याम र सिपियू निकै खर्च हुने भएकाले तपाईंको फोन स्लो हुन थाल्छ्।

ब्याकग्राउन्डमा चल्ने एप्सः

स्मार्टफोनमा हामी ब्याकग्राउन्डमा चल्ने एप्सलाई त्यति ध्यान दिँदैनौं । तपाईं अचम्म लाग्ला, तपाईंको फोनमा ८० प्रतिशतभन्दा बढि एप्स इन्स्टल गरिएका हुन्छन्। थुप्रै प्रयोगकर्तालाई लाग्न सक्छ कि उनको फोनमा १०–१५ एप्स छन् जबकी फोनमा ४० देखि ५० एप्स हुन्छन्। समस्या त्यतिबेला निम्तिन सक्छ जब यी एप्स ब्याकग्राउन्डमा काम गर्न सुरु हुन्छ। यसले तपाईंको् र्याम प्रयोग गर्दछ र यसको असर फोनमा पर्ने गर्दछ।

स्टोरेज फूलः

फोन स्लो हुनुको एक ठूलो कारण तपाईंको फोनको मेमोरी भरिनु। फोनबाट खिचिएका अनेकौं फोटो, मिडिया फाइलबाट फोनको मेमोरी भरिन थाल्छ जसको सिधा असर फोनको क्षमतामा पर्ने गर्दछ र यो स्लो हुने गर्दछ। त्यसकारण फोनमा आवश्यक कुरा मात्र राख्नुहोस्। मेमोरीलाई फ्रि गर्नुहोस्।

प्रकाशित मिति: : 2019-02-24 23:25:54

प्रतिकृया दिनुहोस्