बार्सिलोनामा ओपोको पहिलो ‘ग्लोबल ईन्नोभेसन ईभेन्ट’आयोजना

ओप्पो

स्पेनको बार्सिलोनामा ओपोले आफ्नो पहिलो ग्लोबल ईन्नोभेसन ईभेन्टको आयोजना गरेको छ।

विश्वका उत्कृष्ट ५ स्मार्टफोन ब्राण्ड मध्य पर्ने ओपोले कार्यक्रम मार्फत सन् २०१९का लागि योजनाबद्ध आफ्ना नव प्रबर्तनात्मक रोचक घोषणाहरु प्रस्तुत गरेको हो।

विश्वकै पहिलो टेनएक्स लसलेस जुम प्रविधिको डेब्यूका साथै फाइभजी प्रविधिमा उद्योगमै अग्रणी विकासका साथमा ओपोले मोबाइल कम्युनिकेसन जगतमा आफ्नो छविलाई एक अग्रणी नवप्रबर्तक कम्पनीका रुपमा स्थापित गरेको छ।

ओपाे ब्राण्डले दैनिक जीवनमा ब्याप्त सम्भावनाबाट प्रेरित हुँदै उपभोक्तालाई आफू वरपर विद्यमान सुन्दरताको अनुभव लिन सघाउँछ। उपभोक्ता अन्तरदृष्टिमा विशेष ध्यान दिँदै ओपोले नवप्रबर्तन र आरएण्डडी प्रतिको आफ्नो प्रतिबद्धतार्थ भारी लगानी गरिरहेको छ।

यही प्रतिबद्धताले ओपोलाई समय समयमा ईमेज ब्यूटिफिकेशन प्रविधि, फाइभजी, एआई, एआर/भीआर लगायत अन्य सम्भावना बोकेका मोबाइल प्रविधि जस्ता उद्योगकै पहिलो नवप्रबर्तन ल्याउन प्रोत्साहन गरिरहेको छ।

‘मिडिया तथा हाम्रा सहकारीहरु माझ हाम्रो पहिलो ईन्नोभेसन ईभेन्ट प्रस्तुत गर्न पाउँदा हामी निकै गौरवान्वित महशुस गर्दैछौँ।’ ओपोका उपाध्यक्ष आङयी जियाङले भने ‘नवप्रबर्तन हाम्रा लागि प्रहिलो प्राथमिकताको विषय हो र भविस्यलाई उपभोक्ताको हातमा सुम्पिने उद्देश्यका साथ हामीले थुप्रै नवप्रबर्तनहरु प्रस्तुत गरेका छौँ। हाम्रो प्रतिबद्धतालाई निरन्तरता दिँदै बजारमा विशेषगरी फाइभजीर फोटोग्राफी संग सम्बन्धित थप प्रगति गरिरहने छौँ।’

असिमित सम्भावना र सृजनशिलता, कल्पना र क्लोसर कनेक्टिविटी सहितको फाइभजी, स्मार्टफोन उद्योगकै भविस्य हो। ओपोद्वारा आफ्नो पहिलो फाइभजी स्मार्टफोन र ओपो फाइभजील्याण्डिङ योजनाको घोषणासँगै फाइभजीयूगलाई उपभोक्ताको थप नजिक ल्याइदिएको छ।

ओपोद्वारा प्रस्तावित र प्रतिबद्धता जनाइएको यो पहलमा स्विसकम, टेल्स्ट्रा, ओप्टस लगायत क्यारियर्स र अझ गहिरो सहकार्यका साथमा सिङटेल लगायत क्षमतावान सरोकारवाला कम्पनीले फाइभजीउत्पादन र सेवाको प्रबद्र्धन र कार्यान्वोयनमा सहयोग गर्नेछन्।

उपभोक्ताले कार्यसम्पादन र क्षमतामा थप सुदृढ र उत्कृस्टताको अनुभव गर्न पाउन् भन्ने यसको मूल उद्देश्य हो। क्वालकम ईन्कर्पोरेटेडका अध्यक्ष, क्रिस्टियानो एमोनले ओपोको फाइभजी नव प्रबर्तनको खुलेर तारिफ गर्दै भने,‘फोरजी यूगमा ओपोको नेतृत्व नियाल्दा, फाइभजीको यूगमा पनि आफ्नो अग्रता कायम राख्ने सम्भावना प्रबल छ। हामी फाइभजी यूगमा नव प्रबर्तनका प्रचुर सम्भावना देखिरहेका छौँ। हामी फाइभजीको सही क्षमता अनुभव गर्न ओपोसंग नजिक रहेर सहकार्यलाई निरन्तर्ता दिनेछौँ। साथै, एक्स५० मोडेम, समायोजित आरएफ ट्रान्सिभर र आरएफ फ्रण्ट ईन्ड सोल्यूशन सहितको हाम्रो फ्ल्यागशिप क्वालकम स्न्यापड्रागन ८५५ मोबाइल प्ल्याटफर्मका साथमा ओपोको पहिलो फाइभजीस्मार्टफोन सार्वजनिकमा पनि सहयोग पुर्‍याउने छौँ।’

ओपोले फाइभजी प्रविधिको प्रतिक्षा तथा तयारी सन् २०१५देखि नै गरिरहेको थियो। फाइभजी फिचर्स र यसका फाइद समाहित गर्दै कार्य क्षमतामा कुनै सम्झौता नगर्ने अवाञ्छनीय फोनको उत्पादनका लागि ओपोले डिजाइन तथा प्रविधिमा उल्लेख्य लगानी गरिरहेको छ।

 

 

निकै प्रतिक्षारत ओपोको पहिलो फाइभजी फोनले फोरके, एटके भिडियो डाउनलोड/अपलोड/क्लाउड–प्ले, थ्रीडी भिडियो कलिङ, फाइभजी क्लाउड गेमिङ र मल्टिप्लेयर एआर/भीआर गेम, ईन–स्टोर न्याभिगेसन, एआर शपिङ ईन्टिग्रेटेड लगायत फिचरका साथ उपभोक्ताको जीवनमा नयाँ क्रान्ति ल्याउने छ।’

ईन्नोभेसन ईभेन्ट मार्फत ओपोले विश्वकै पहिलो टेनएक्स लसलेस जुम प्रविधि प्रदर्शित गरेको थियो। यो प्रविधिले विना कुनै सम्झौता प्रयोगकर्तालाई ब्यवसायिक देखिने तस्विर लिन सघाउँछ।

ईन्नोभेसन ईभेन्टका अवलोकनकर्ताले ओपोद्वारा प्रदर्शित होलोग्राम कल्सदेखि एआर शपिङ जस्ता ५जी प्रविधिको उपयोगिताका जीवन्त उदाहरणको अनुभव गर्ने अवसर प्रदान गरिएको थियो। साथै ओपोले टेनएक्स लसलेस जुमको उपयोगिताका उत्कृष्ट परिदृष्य र प्रदर्शनीपनि अवलोकन गर्ने मौका पाएका थिए। एमडब्ल्यूसीमा रहेका एरिक्सन र क्वालकमका बुथमापनि ओपोको उपस्थिती रहने छ।

अवलोकनकर्ताले ती बुथ मार्फत हाई पर्फरमेनस क्लाउड गेमिङ कम्पनी स्याडोसँगको सहकार्यमा विकसित सोलक्यालिबरसिक्स मार्फत क्लाउड गेमिङको प्रत्यक्ष डेमोको अनुभव समेत गर्न पाउनेछन्।

प्रकाशित मिति: : 2019-02-25 00:03:23

प्रतिकृया दिनुहोस्