चिनियाँ राष्ट्रपति नेपाल आउँदा किन लिपुलेकमा भारतीय सेना सक्रिय ?

चिनियाँ राष्ट्रपतिकाे नेपाल आगमनकाे बेला लिपुलेककाे आकाशमा देखिएकाे फाइटर प्लेनकाे पदचिन्ह। तस्बिर: बिएल

दार्चुलाको सदरमुकाम खलङ्गाबाट टिन्कर पुग्न ४ दिन पैदल हिड्नु पर्छ। गत असोज ६ को बिहान दार्चुला बहुमुखी क्याम्पस प्रमुख कृष्णसिह साउद आफ्ना सहयात्री शिक्षण पेसामा आबद्ध मदन कार्की र स्थानीय पत्रकार पदम बडाललगायत ५ जनासँग टिन्करबाट घोडा कसेर लिपुलेक लाग्दै थिए।

टिन्करभन्दा केही टाढा छ्यालेक हुँदै टाटा भन्ने ठाउँ आइपुग्दा उनलाई निकै गाह्रो पर्यो। गाह्रो नपरोस् पनि कसरीरु करिब साढे चार हजार मिटर उचाईमा रहेको उक्त क्षेत्रमा लेक लाग्ने र हिड्न जो सुकैलाई गाह्रो हुने गर्छ।

टाटाबाट भारतीय सुरक्षा फौजको पोस्ट लगभग २५ किलोमिटर टाढा पर्छ। तिब्बतको ताक्लाकोट जाने गोरेटो बाटोबाट चार सय मिटर माथि नेपाली भूमिमा उक्लिएपछि भारतीय सेनाहरु निर्धक्क गस्ती गरेर बसेको जो कोहीले देख्न सक्छन्। यस्तो अवस्थामा असहज नमान्ने को नेपाली होलारु साउदको टोलीले मध्यान्नको १२ बजे यही ठाउँमा पुग्दा असहज महसुस गरेको थियो।

तर, यसमा पनि १७ भारतीय सेना हतियारसहित आफ्नो पोस्टभन्दा २४ किमि भित्र ३ वटा कुकुर लिएर पसेको दृश्यले साउद मात्र होइन, उनीसँग रहेका अन्य साथीलाई पनि झस्क्यायो। नेपाली भूमिमा भारतीय सेना सल्बलाएको देखेपछि साउदले आफ्नो झोलामा रहेको क्यामेरा निकालेर फोटो खिच्ने प्रयास नगरेका होइनन्। तर, क्यामेराको लेन्स जब उनले भारतीय सेना तर्फ तेर्साए, उनको क्यामेराको फ्रेममा भारतीय सेनाले आफूतर्फ बाइनाकुलर घुमाइरहेको पत्तो पाए।

यसपछि उनले भारतीय सेनाको तस्बिर लिने साहस जुटाउन सकेनन्। उनी भन्छन्– लेक लागेर हिड्न सकिने अवस्था थिएन।

भारतीय सेनाको टिम लिपुलेक भञ्याङ काटेर कहाँ लागेरु उनीहरुले पत्तो पनि पाएनन्। नेपाली सीमामा भारतीय सेनाले यसरी गर्ने पहरेदारी गरेको यो नै पहिलो घटना होइन। स्थानीय व्यापारीहरु भन्छन्– भारतीय फौज यसरी पटक पटक आएको देखेका छौ। तर, यसपालि बढी नै सक्रियता देखाए।

स्थानीय व्यापारीले सोधेका पनि रहेछन्, किन यसरी नेपालमा गस्ती गर्नु भएको होरु भनेर। भारतीय सेनाले जवाफ यसो भन्दै दिएछन्– कालापानी खोचमा छ। त्यहाँबाट हाइटमा केही देखिन्न। हामी नेपालको उच्च भेगमा आउने मुख्य कारण चिनियाँ गतिबिधि नियाल्न हो।

स्थानीयहरु भारतीय सेनाको जवाफमा कुनै दम नभएको बताउँछन्। कृष्णसिह साउद भन्छन् ूमनमा साह्रो दुस्ख लग्यो। यो सरासर भारतीय बिस्तारबादको पराकाष्टा हो। नेपाली सेनासँग संयुक्त गस्ती गरेको कुरो त मैले पनि सुनेको छु तर निर्धक्क भएर नेपाली भुमिमा गस्ती गर्नु, त्यो पनि कालापानी बिबाद यथावत रहेको बेलारु यो राम्रो संकेत होइन।


दशैं लगत्तै चिनियाँ राष्ट्रपति नेपाल भ्रमण आएको सन्दर्भमा भारतीय सेना नेपाली भुमि कालापानी, लिपुलेक सीमामा सल्बलाउनुको उद्धेश्य के होलारु बुझ्न कठिन छैन।

यो घटनाले स्थानीय ब्यापारीको मनमा भय पैदा भएको थियो। गत महिना असोज २७ मा चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपालको दुई दिने भ्रमण सकेर दुई साताअघि नै घर फर्किसकेका छन्। चिनियाँ राष्ट्रपति नेपाल ओर्लिएको दिन दार्चुलाको आकाशमा फाइटर प्लेन उडेको दृश्य नांगा आँखाले हेर्न सकिन्थ्यो।

ब्याश र दुहु गाउँपालिकाका स्थानीयका अनुसार लामो धर्सो अथवा जहाजको पछाडि धुँवाको मुस्लो यहाँको आकाशमाथि दिनभरी देखियो। स्थानीयलाई त्यो मुस्लो भारतीय फाइटर प्लेन हो वा चीनकोरु बुझ्न धेरै समय लागेन।

उक्त फाइटर प्लेन नेपाली आकाशमा मात्रै नभएर भारतीय आकाशमा समेत निरन्तर उड्नुको मुख्य कारण सुरक्षा सम्बन्धि नै हुनुपर्ने स्थानीयको आशंका छ। उक्त फाइटर प्लेन नेपाल भारत बोर्डर एरियामा पटक पटक देखिदै उत्तरतिर अथवा उक्त प्लेन चीनतर्फ लागेर हराउने भएकोले चिनियाँ प्लेन भएको पुष्टी गाउँलेहरु गर्छन।

चिनियाँ राष्ट्रपति सी नेपाल आउनु दुई साताअगाडी पनि भारतीय सशस्त्र सेना नेपाली सिमा भन्दा करिब २४ किलोमिटर भित्र पर्ने लिपुलेक टाटा क्षेत्रमा आएको स्थानीय प्रत्यक्षदर्शी बताउँछन्।

साउद चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणको पूर्ब सन्ध्यामा भारतीय सेनाले नेपाली क्षेत्रमा आएर रेकी गरेको सुचनाको आधारमा चिनियाँ सुरक्षा फौजले पनि आकाशबाटै रेकी गरेको हुन् सक्ने बताउँछन्। दुवै देशका सेना नेपाल–भारत र तिब्बत जोडिएको सिमानामा सलबलाउँदा स्थानीय व्यापारीको मनमा भय हुने नै भयो। यो भय अहिलेसम्म उनीहरुको मनमा यथावत नै छ।

प्रकाशित मिति: : 2019-10-31 15:57:06

प्रतिकृया दिनुहोस्