पशुपतिनाथको मन्दिरमा तीजको रौनक (भिडियाे )

तस्बिरः बिएल

आज भाद्र शुक्ल तृतीया अर्थात् हरितालिका तीज, नेपाली हिन्दु नारीहरुले आज उमामहेश्वरको पूजाराधना गरी तीज पर्व मनाउँदैछन् ।

भाद्र शुक्ल तृतीयामा व्रत बसी शिवपार्वतीको पूजा र उपासना गरेमा सुख, शान्ति र कल्याण प्राप्ति हुने धार्मिक विश्वास छ । तीज पर्वका अवसरमा पशुपतिनाथ मन्दिरमा पूजा एवं दर्शन गर्ने भक्तजनको लाम लागेको छ।

तीजको व्रत बस्ने भक्तजनले उमामहेश्वरका नामले समेत चिनिने शिव पार्वतीको पूजा आराधना गर्छन। सत्ययुगमा हिमालयपुत्री पार्वतीले भाद्र शुक्ल तृतीयाका दिन निराहारा व्रत बसी महादेवको पूजा आराधना गरेपछि पतिका रुपमा प्राप्त गरेको विषय पौराणिक ग्रन्थमा व्याख्या गरिएको छ।

 

प्रकाशित मिति: : 2019-09-02 16:21:50

प्रतिकृया दिनुहोस्