घुससहित प्रहरी जवान रंगेहात पक्राउ

तस्बिरः बिएल

जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत प्रहरी जवान सेवाग्राहीसँग घुस लिँदा लिँदै रंगेहात पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाको टोलीले प्रहरी जवान गम्हीरा साह तेलीलाई सेवाग्राहीसँग ५ हजार घुस लिइरहेको अवस्थामा पक्राउ गरेको हो ।

वीरगन्जको माईस्थान मन्दिर अगाडि रहेको भरत दही एण्ड स्वीट्स पसलमा सेवाग्राहीसँग घुस वापतको रकम लिइरहेको विशेष सूचनाको आधारमा प्रहरी जवान गम्हीरालाई अख्तियारको टोलीले पक्राउ गरेको हो।

पक्राउ परेको साहलाई वडा अध्यक्ष ध्रुव नेपालको रोहबरमा मुचुल्का उठाई घुसको रकमसहित आवश्यक अनुसन्धानको लागि आयोगको कार्यालय हेटौँडा लगिएको आयोगका शाखा अधिकृत कृष्ण सुवेदीले बताए।

पक्राउ परेका प्रहरी जवान साह जिल्ला प्रहरी कार्यालयको सहायता कक्षमा कार्यरत थिए।

प्रकाशित मिति: : 2019-09-09 14:16:30

प्रतिकृया दिनुहोस्