विराटचोक–विराटनगर चार लेन सडकको शिलान्यास

विराटचोक–घिनाघाट सडक

प्रदेश नं. १ सरकारको गौरवको आयोजनाका रुपमा रहेको मोरङको विराटचोक–घिनाहाघाट चार लेन विस्तारित सडकको ग्रामथान गाउँपालिकामा शिलान्यास गरिएको छ।

एक अर्ब ४० करोडको लागतमा २२ दशमलव सात किलोमिटरको सो सडकको निर्माण ठेक्का श्रेष्ठ निर्माण कम्पनी र एपेन्स रमण निर्माण सेवाले प्राप्त गरेका छन् ।

सो सडक विसं २०७८ असार मसान्तसम्मा निर्माण सम्पन्न गरी हस्तान्तरण गर्नुपर्ने ठेक्का सम्झौतामा उल्लेख गरिएको छ ।

मोरङको विराटनगर महानगरपालिकाको पुष्पलालचोक हुँदै झोराहाट, ग्रामथान गाउँपालिकाको नेताचोक, हरैचा हुँदै पूर्वपश्चिम राजमार्गको सुन्दरहरैचा नगरपालिकाको विराटचोकमा गएर सडक जोडिन्छ ।

मुख्यमन्त्री शेरधन राईले यो सडक निर्माणबाट मोरङ, झापा, इलाम, पाँचथर र ताप्लेजुङ जिल्लासम्मका जनतालाई आवातजावतमा सुविधा पुग्ने विश्वास व्यक्त गरे।  उनले निर्माण गरिने सडकमा गुणस्तरीय सामग्रीको प्रयोग र समयमा सम्पन्न गर्न निर्माण कम्पनीलाई सचेत गराए।

प्रकाशित मिति: : 2019-09-10 17:01:17

प्रतिकृया दिनुहोस्