अपराध नियन्त्रणमा मोरङ प्रहरी सर्वोत्कृष्ट

बिएल

अपराध नियन्त्रण तथा शान्ति सुरक्षा कायम गर्न यसबर्ष जिल्ला प्रहरी कार्यालय मोरङ सर्वोत्कृष्ट ठहरिएको छ।

शुक्रबार ६४ औं प्रहरी दिवसका अवरमा प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा कार्यालयका प्रमुख एसपी मनोजकुमार केसीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मानपत्र प्रदान गरेका हुन्।

एसपी केसी अपराध नियन्त्रण तथा शान्ति सुरक्षा कायम गर्ने अब्बल प्रहरीका रुपमा ठहरिन्छन्। केसीले मोरङ जिल्लामा भएको रिना बस्नेत मृत्यु प्रकरण, भारतिय लुटेरा ग्याङको नियन्त्रण, लागुऔषध कारोबारी नियन्त्रण, चोरी लुटपाट लगायत घटनामा सफल अनुसन्धान गर्न सफल भएका थिए।

प्रहरी प्रधान कार्यालयले डिआइजी केदार रिजालको अध्यक्षतामा कार्यदक्षता मुल्याङ्कन समिति गठन गरेको थियो। गतबर्ष सर्वोत्कृष्ट जिल्ला प्रहरीको सम्मान झापा जिल्लाले पाएको थियो।

प्रकाशित मिति: : 2019-10-11 12:27:56

प्रतिकृया दिनुहोस्