चीनका राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणको काठमाडौंमा भव्य तयारी (भिडियाे)

बिएल

राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको औपचारिक भ्रमणमा नेपाल आउन लागेका जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङको भ्रमणलाई सफल बनाउन विशेष तयारी गरिएको छ ।

राष्ट्रपति सीको शनिवारदेखि हुने नेपालको दुई दिने राजकीय भ्रमणको स्वागतका लागि काठमाडौंमा भव्य तयारी भएको हो। राष्ट्रपति सीको स्वागतका लागि ठाउँठाउँमा स्वागतद्वार बनाइएको छ। बिजुलीका पोलमा चीनका राष्ट्रपति सी र राष्ट्रपति विद्यादेवी भण्डारीका तस्बिरहरु राखिएको छ। मुख्यमुख्य स्थानमा राष्ट्रपति सीको स्वागतका लागि द्वार बनाइएको छ। बबरमहल र टेकुस्थित पुलमा विश्वसम्पदा सूचीमा सूचीकृत नेपालका राष्ट्रिय सम्पदा र विभिन्न पर्यटकीय महत्वका तस्वीरहरु राखिएको छ।

प्रकाशित मिति: : 2019-10-11 16:14:15

प्रतिकृया दिनुहोस्