तीन लाख भारतीय नोटसहित एक जना पक्राउ

सांकेतिक तस्बिर

सशस्त्र प्रहरीबलले महोत्तरीको मटिहानी–जलेश्वर सडकखण्डबाट तीन लाख भारतीय नोटसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरी मटिहानी नगरपालिका–८ घर भएका २२ वर्षीय राजकुमार साह रहेका छन् ।

शनिवार राती ज७ प ३३९५ नम्बरको मोटरसाइकल सवार साहको साथबाट स्रोत नखुलेको तीन लाख भारतीय रुपैया बरामद गरिएको सशस्त्रले जनाएको छ ।

पक्राउ परेका साह अवैधरूपमा नेपाली र भारुको सटही कारोवारमा संलग्न रहेको र उनलाई आवश्यक कारवाहीका लागि आन्तरिक राजश्व कार्यालय पथलैया पठाउने तयारी भइरहेको बताइएको छ ।

 

प्रकाशित मिति: : 2019-10-13 11:02:22

प्रतिकृया दिनुहोस्