वीरगञ्जबाट अवैध लागूऔषधसहित एक जना पक्राउ

सांकेतिक तस्बिर

सशस्त्र प्रहरी बलले वीरगञ्जबाट अवैध लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका –१५ भेडियाही बस्ने २० बर्षका जितेन्द्र पासवान लागु औषध इन्जेक्सनसहित पक्राउ परेका हुन् ।

भारतको रक्सौलबाट वीरगञ्जतर्फ पैदल आउदै गर्दा पासवानको साथबाट लागूऔषध इन्जेक्सन डाइजेपाम, नुर्फिन र फेनारगन २/२ सय थान फेला परेको सशस्त्र प्रहरी नायब उपरीक्षक अमरबहादुर खत्रीले जानकारी दिए ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर १४ गुल्म पर्साको टोलीले चेकजाँचको क्रममा शनिबार वीरगञ्ज–१६ स्थित भन्सार मूल गेटअगाडि सडक खण्डबाट उनलाई पक्राउ गरेको थियो ।

बरामद गरिएको लागू औषधसहित उनलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्साको जिम्मा लगाईएको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: : 2019-10-13 12:18:27

प्रतिकृया दिनुहोस्