प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज

फाइल तस्बिर

प्रधानमन्त्री केपी शर्मा ओली डिस्चार्ज भएका छन् । 

अस्पतालका मेडिकल डाइरेक्टर चक्रराज पाण्डे र नोफ्रोलोजी विभागका अध्यक्ष डा. दिव्यासिंह शाहले प्रेस नोट जारी गर्दै प्रधानमन्त्रीको अवस्था सामान्य रहेको बताएका हुन् । साथै आजै डिस्चार्ज गर्ने तयारी छ ।

अस्पताल स्रोतका अनुसार प्रधानमन्त्री ओलीको बिहीबार गरिएको डाईलासिस सफल भएको छ । बुधबार पनि प्रधानमन्त्री ओलीले ग्राण्डी अस्पतालमा पुगेर मृर्गौंलाको पहिलो डाइलासिस गराएका थिए ।

प्रधानमन्त्री ओलीको १२ वर्षअघि मिर्गौला प्रत्यारोपण गरिएको थियो ।प्रधानमन्त्री ओली १८ साउनमा स्वास्थ्य परीक्षणका लागि सिंगापुर गएका थिए । २७ साउन स्वदेश फर्किएका उनी ५ भदौमा फेरि सिंगापुर पुगे र नेशनल युनिभर्सिटी अस्पतालमा फेरिसस प्लाज्माफेसेसिस प्रक्रियामार्फत उपचार गरियो ।

२० भदौमा स्वदेश फर्किएका उनी पाँच दिनपछि त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर पुगेर प्लाज्माफेरेसिस गर्दा मुटुमा राखिएको क्याथेटर निकालियो ।

२ कात्तिकमा फेरि अस्पताल पुगे । ग्राण्डी अस्पतालमा दिनभर बसेर फर्किएका थिए तर निजी चिकित्सक डा. सिंहले नियमित स्वास्थ्य जाँच मात्र भएको बताएकी थिइन् ।

बुधबार पनि उनी नियमित स्वास्थ्य जाँचका लागि अस्पताल पुगेको र छिट्टै फर्किने बताइएको थियो । तर आकस्किम रुपमा डायलासिस गरिएको छ ।

यो पनि

प्रधानमन्त्री ओलीको दोस्रो पटक डायलाइसिस गर्ने तयारी

प्रधानमन्त्रीको मिर्गौलाको डायलासिस गरियो, केहीदिन अस्पतालमै रहने

प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था बुझ्न प्रचण्ड ग्राण्डीमा

प्रकाशित मिति: : 2019-10-31 17:03:00

प्रतिकृया दिनुहोस्