बगदादीको आत्महत्यापछि आइएस आक्रामक, मालीमा ५३ सैनिकको हत्या

Agency

आतकवादी संगठन इस्लामिक स्टेटका नेता अबु बक्र अल बगदादीको निधनपछि पनि आतकको सिलसिला रोकिएको छैन। बगदादीको निधनपछि आइएसले पहिलो निशाना मालीको सैन्य बललाई बनाएको छ।

आइएसले शुक्रबार मालीको सैनिक अखडामा आत्मघाती आक्रमण गरेको थियो। जसलाई उसले शनिबार पुष्टी पनि गरेको छ। आत्मघाती हमलामा ५३ सैनिक र नागरिकको हत्या भएको थियो।

अल जजिरा टेलिभिजनका अनुसार आतकवादी समूहले आफ्नो आधिकारीक समाचार एजेन्सी अमाकबाट यो हत्याकाण्डमा आफ्नो हात भएको पुष्टी गरेको छ। मालीका सञ्चार मन्त्री याया संगारेले पनि शनिबार मालीको पूर्वी इन्डेलिमेन सैन्य चौकीमा हमला भएको पुष्टी गरे। उनले ट्वीटरमार्फत दिएको जानकारी अनुसार हमलामा ५४ जनाको शव भेटिएको छ। जसमा ५३ जना सेना थिए। एक जना सर्वसाधारणको निधन भएको छ। १० जनालाई सकुशल उद्दार गरिएको पनि बताइएको छ।
उनले अहिले अवस्था सामान्य भइसकेको र लासको सनाखत गर्ने काम भइरहेको बताएका छन्।

यसअघि यो घटनालाई आतकवादी हमला मान्न सरकारले अस्विकार गरेको थियो। केही दिनअघि मात्र अमेरिकी सेनाले सिरियाको इन्दलिब प्रान्तमा प्रवेश गरेर बगदादीको हत्या प्रयास गरेको थियो। जुन अपरेशनमा बगदादीले आत्महत्या गरेका थिए।

 

 

 

प्रकाशित मिति: : 2019-11-03 11:24:00

प्रतिकृया दिनुहोस्