मारुती सिमेन्ट उद्योगका स्काभेटर र टिप्परमा प्रेसरकुकुर बम आक्रमण

फाइल तस्बिर

बुधबार राती सिन्धुलीको दुधौली नगरपालिका–१४ स्थित सिमराई खानीवेशी सडकखण्डमा अज्ञात समूहले दुईवटा स्काभेटर र टिप्परमा प्रेसर कुकुर बम आक्रमण गरेको छ।

मारुती सिमेन्ट उद्योगका लागि चुनढुङ्गा उत्खननमा प्रयोग गर्दै आएको दुई स्काभेटर र एक टिप्परलाई लक्षित गर्दै अज्ञात समुहले बम आक्रमण गरेको हो।

पार्किङ गरेर राखिएको १ क. १४४० पीसी–२०० नम्बरको स्काभेटर पूर्ण रुपमा क्षति भएको छ भने को १ क. ११०२ एलसी–२०० नम्बरको स्काभेटर र को १ क. १५४६ नम्बरको टिप्परको अगाडिको भागको सिसा फुटेको सिन्धुलीका प्रहरी प्रमुख चक्रबहादुर सिंहले बताए।

स्काभेटरमा बम आक्रमण गर्नेमा विप्लव कार्यकर्ताहरुकै संलग्नता भएको आशंका गरिएको छ। घटनास्थल दुधौली चौकीबाट २५ किलोमिटर टाढा रहेको छ। 

प्रहरीका अनुसार घटनाको मुचुल्का तयार गरिएको छ भने अनुसन्धान शुरु गरिएको छ।

प्रकाशित मिति: : 2019-11-21 11:11:09

प्रतिकृया दिनुहोस्