बैंक अफ काठमाण्डूका पूर्वसीईओ श्रेष्ठलाई धरौटीमा छाड्न आदेश

फाइल तस्बिर

बैंक अफ काठमाण्डूका पूर्व प्रमुख कार्यकारी अधिकृत अजय श्रेष्ठ र पूर्वकर्मचारी किरणकुमार बोहरालाई १/१ करोड रुपैयाँ धरौटीमा रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ।

आइतबार सर्वोच्चमा न्यायाधीशहरु सपना मल्ल प्रधान र कुमार रेग्मीको संयुक्त इजलासले थुनामा राखेर मुद्दा पुर्पक्ष गर्ने भन्ने उच्च अदालत पाटनको आदेश बदर गर्दै १ करोड रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो।

नक्कली धितोमा ऋण प्रवाह गरेको र कीर्ते गरेको अभियोगमा उनीहरु पक्राउ परेका थिए । कर्जा लगानी भएको बेला श्रेष्ठ सीईओ थिए ।

प्रकाशित मिति: : 2019-11-24 17:47:16

प्रतिकृया दिनुहोस्