जुवा खालबाट पक्राउ परेका प्रधानमन्त्रीका एडीसी जिम्मेवारीमा फर्किए

फाइल तस्बिर: बिएल

प्रधानमन्त्री केपी शर्मा ओलीको सुरक्षा टोलीका सेनानी (मेजर) राजेन्द्र शाही पुनः जिम्मेवारीमा फर्किएका छन्। शाहीमाथि लागेको मुद्दाको अन्तिम किनारा नलाग्दै जंगीअड्डाले जिम्मेवारीमा फर्काएको हो ।

महानगरीय प्रहरी प्रभाग, बसपार्कको टोलीले उनलाई १० कात्तिकमा सामाखुशीमा म्यारिज खेलिरहेका बेला पक्राउ गरेको थियो। जुवाखालबाट प्रहरीले एक लाख ५९ हजार ३ सय रुपैयाँ बरामद गरेको थियो भने शाहीसहित घरधनी सोमबहादुर मगर, रामेछापका बुद्धिलाल मगर, गोरखाका जित गुरुङ र किरणजंग शाह, टोखाका मानकाजी गुरुङ र धर्म शाह तथा सुर्खेतका रिनज राणा पक्राउ परेका थिए।

उनीहरुविरुद्ध जुवा ऐनअनुसार जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा मुद्दा चलाइएको थियो। प्रशासनले शाहीलाई २० हजार धरौटीमा छाड्ने आदेश दियो

लगत्तै उनलाई प्रधानमन्त्री ओलीको एडीसीको पूर्ववत् जिम्मेवारीमा फर्किएका छन्।

पक्राउ परेका दिन आफू विदामा रहेको उनले बयानका क्रममा बताएका थिए। शाही फेरि जिम्मेवारीमा फर्किए पनि आन्तरिक अवसरहरुबाट भने उनी बञ्चित हुनेछन्।

बढुवामा समेत उनलाई असर पुग्नेछ। सेनाले आचरण र मर्यादा विपरीत काम गरेको आरोपमा पछिल्लो ९ महिनामा २ सय ४ जना सैनिकमाथि कारबाही गरिसकेको छ।

प्रकाशित मिति: : 2019-11-28 12:46:52

प्रतिकृया दिनुहोस्