बलत्कारको आरोप लागेका 'सिद्धबाबा'लाई आज नै अदालत उपस्थित गराउने तयारी

फाइल तस्बिर: बिएल

बलत्कारको आरोप लागेका सुनसरी चतराका सिद्धबाबा जगत गुरु कृष्णदासजी महाराज भनिने कृष्णदास गिरीलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीको टोलीले आज बिहान करिव ४ बजे पक्राउ गरेको हो।

विराटनगर स्थित विराट नर्सिङ होमको डिलक्स क्याबिन नम्बर ५ आइतवार आइसियूमा सारिएको बाबालाई अस्पतालबाट नै नियन्त्रणमा लिएको हो।

डीएसपी विनोद शर्माले पक्राउ गर्दा अनुयायीले अवरोध गर्नसक्ने भएकाले बिहानै आईसीयूबाटै नियन्त्रणमा लिएर सुनसरी लगिएको बताए। पक्राउ परेका उनलाई एम्बुलेन्समा हालेर जिल्ला प्रहरी कार्यालय, सुनसरी पुर्याइएको छ।

उनलाई आज नै जिल्ला अदालतमा उपस्थित गराउने प्रहरीले तयारी गरेको छ।

बाबाविरुद्ध बलत्कार प्रयासको उजुरी शुक्रवार दिउँसो जिल्ला प्रहरी कार्यालय सुनसरीले दर्ता भइसकेको छ। गत कार्तिक ४ गते गिरीले आफ्नै अनुयायीको बलात्कार प्रयास गरेको आरोप लागेको छ। प्रहरीले अदालतबाट पक्राउपुर्जी लिएर पक्राउ गर्ने तयारी गरिरहेको छ।

याे पनि

बलात्कारको आरोप लागेका 'सिद्धबाबा' भन्छन्: नखाएको विष नलाग्ने भएकाले म भयवित र चिन्तित छैन

बलात्कार आरोपी 'सिद्धबाबा' आईसीयूबाटै पक्राउ

प्रकाशित मिति: : 2019-12-02 08:22:55

प्रतिकृया दिनुहोस्