थारुकाे लाेकप्रिय पर्व अटवारीकाे उपलक्ष्यमा भादामा कार्यक्रम

बिएल

थारु समुदायको लाेकप्रिय पर्वकाे रुपमा रहेकाे अटवारीको अवसरमा आइतबार थारुहरुकाे हाेम स्टे भएकाे कैलालीकाे भादा गाउँमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएकाे छ। हाम्रो संस्कृति, हाम्रो पहिचान नेपालको आयोजनामा  भएकाे कार्यक्रममा संस्थाका अध्यक्ष सुरत रावत डोटेली कान्छाले सबैलाई शुभकामना आदानप्रदान गरे। 

प्रतिनिधि सभा सदस्य लक्ष्मी चौधरी प्रमुख अतिथि रहेकाे कार्यक्रममा विशिष्ट अतिथि नेपाली काङ्ग्रेस कैलालीका पूर्ब जिल्ला उपसभापति नारायण भट्ट , नेकपा कैलालीकी नेत्री गीता सोडारी समावेश थिए।

याे पनि पढ्नुहाेस।

नेपालले कहिले फिर्ता लेला भारतबाट कालापानी?(भिडियोसहित)

 

कार्यक्रममा मन्तव्य ब्यक्त गर्दै प्रमुख अतिथि लक्ष्मी चौधरीले कार्यक्रम अत्यन्तै महत्वपूर्ण रहेको भन्दै प्रसंशा गरेकी थिइन। उनले साँस्कृतिक रुपमा सबै जातजाति एकताको सुत्रमा गोलबद्ध गराउने बिश्वास ब्यक्त गरिन्। 

भाषा, कला, साहित्य संस्कृतिको संरक्षणमा आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत उनले ब्यक्त गरिन्। कार्यक्रमका विशिष्ट अतिथी नेपाली काङ्ग्रेस कैलालीका पूर्ब उपसभापति भट्टले सबै जातजातिको ऎतिहासिक भातृत्व कायम भएको उदाहरण दिदै त्यो भातृत्व सद्भाव माया सदैव राख्न साँस्कृतिक माध्यमबाट बढी प्रभावकारी रहने बिश्वास ब्यक्त गरे।

त्यस्तै विशिष्ट अतिथी नेकपा कैलालीकी महिला नेत्री गीता सोडारीले संस्कृतिको जगेर्ना सँगै संस्कृति भित्रका बिकृतीको अन्त्य गर्नु पर्ने बताइन्। धनगढी उपमहानगरपालिका वडा न.१६ का वडा अध्यक्ष लक्ष्मीनारायण चौधरी , बरिष्ठ गायक एवं अभिनेतादलबहादुर बोगटी ,सुदुरपश्चिम साहित्य समाजका उपाध्यक्षद्वय तीर्थराज पाण्डेय, रुपा स्वाँर, दलित साहित्य सोपानका अध्यक्ष गणेश नेपाली ,समाजसेवी हनुमान चौधरी , सु.प. साहित्य समाजका सह- कोषाध्यक्ष साहित्यकार दुर्गा मल्ल , राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कैलालीका प्रथम उपाध्यक्ष गोबिन्द साउँद, कलाकार मनिराम चौधरी , राजबहादुर चौधरी( राजु), हास्यकलाकारद्वय खगेन्द्र राज जोशी(रगडे रुल्ले ) , युवराज जोशी ( खोस्मडे खण्टे) गायक सुरेन्द्र संगम , गायिका माया पाण्डेय, साहित्यकार एवं संस्कृतिकर्मी मेघा भट्ट , हरि भट्ट , गायक एवं सञ्चारकर्मी प्रेमबिबश चन्द लगायतले आ-आफ्नो प्रस्तुति प्रस्तुत गरेका थिए। 

याे पनि पढ्नुहाेस।

नेपाललाई हैजा ल्याउने देशको आरोपबाट बचाएका डाक्टरको कथा (भिडियोसहित)

कार्यक्रममा थारु होम स्टे भादाका सञ्चालक अध्यक्ष लक्ष्मी नारायण चौधरी र थारु कलाकार मनिराम चौधरीलाई सम्मान गरिएको थियो । साँस्कृतिक झाकी समेत प्रस्तुत गरिएको थियो ।


प्रकाशित मिति: : 2019-09-02 15:58:53

प्रतिकृया दिनुहोस्