कात्तिकको अन्तिममा गिलुङ महोत्सव

तस्विरः शौजन्य जीवन गुरुङ

गण्डकी प्रदेशको पर्यटन प्रवर्धनकालागि गिलुङ पर्यटन महोत्सव गरिने भएको छ । नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउने लक्ष्यका साथ आउने कात्तिक २९ र ३० गते महोत्सव आयोजना गरिएको हो । गिलुङ गाउँ, गिलुङ समाज पोखरा, गिलुङ समाज युके, गिलुङ समाज हङ्कङ्, र क्ब्होंलासोथर गाउँपालिकाको संयुक्त आयोजनामा सो महोत्सब हुन लागेको गिलुङ सामुायिक होमस्टेका अध्यक्ष जीवन गुरुङ गुरुङले बताए।

गिलुङ लमजुङ जिल्लाको अत्यान्त रमणीय गुरुङ गाउँ पनि हो । यो क्ब्होंलासोथर गाउँपालिकाको वडा नम्वर ९ मा पर्दछ । क्ब्होंलासोथर गाउँपालिका गुरुङ जातिको उत्पत्तीस्थल हो । गिलुङ गाउँ संसारमा गुरुङ संस्कृतिको संग्राहलयकारुपमा चिनिएको छ । यहाँको रहनसहन, संस्कार, संस्कृति, जीवनशैली, पुराना घर आफ्नै शैलीका छन् । यहाँको भूवनोट पनि अन्तको भन्दा फरक छ । गिलुङ पुगेपछि यहाँको प्राकृतिक सौन्दर्यमा रमाउनका साथै गुरुङ शभ्यता र संस्कृतिको अध्ययन अनुसन्धान गर्न पनि सकिन्छ । त्यसैले यहाँ पुगेका आगन्तुकहरू पुनः फर्केर आउने गर्छन् । प्रकृति र संस्कृतिको भण्डार भएर पनि गिलुङको पर्यटन प्रवर्धन सोचे अनुसार हुन सकेको छैन । गिलुङमा पर्यटनको प्रचुर सम्भावना भएको हुनाले यस महोत्सव आयोजना गरिएको क्ब्होंलासोथर गाउँपालिकाको वडा नम्वर ९ का वडाअध्यक्ष नन्दजंग गुरुङले बताए।

महोत्सव ब्यवस्थित किसिमले मनाउन स्थानीय मिलन युवा क्लबका अध्यक्ष सन्तोगा गुरुङको संयोजकत्वमा १०१ मुल आयोजक समिति र अन्य उपसमिति गठन गरिएको छ। यसैगरी महोत्सवको आथिएक संकलन संयोजक उपसमिति संयोजकमा पसबहादुर गुरुङ, अतिथि सत्कार उपसमिति संयोजकमा देवीसुब्बा गुरुङ, प्रचारप्रसार उपसमिति संयोजकमा लेखबहादुर गुरुङ, पोखरा संयोजकमा गिलुङ समाज पोखराका अध्यक्ष समेत रहनुभएका दुधमान गुरुङ (आशिष) र सास्कृतिक उप समिति संयोजकमा चन्द्रप्रसाद गुरुङलाई चयन गरिएको छ।

गिलुङ गाउँ गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको आफ्नै वडामा पर्दछ । त्यसैले पनि गिलुङकोबारेमा जान्न र बुझ्न चाहनेको संख्या ठूलो छ । त्यो भन्दा पनि गिलुङ लमजुङ जिल्लाकै सुन्दर गाउँ हो, यही कुरालाई मध्येनजर गर्दै यस महोत्वस गर्न लागिएको स्थानीय समाजसेवी हनेरी क्याप्टेन कुशप्रसाद गुरुङले बताए। बडा अध्यक्ष नन्दजंग गुरुङका अनुसार यस महोत्सवले गिलुङलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउने र गुरुङ कला र संस्कृतिको जगेर्ना गर्न पनि मद्दत पुरयाउने छ भन्ने आशा गरिएको छ।

महोत्वमा गुरुङ समाजमा निकै लोकप्रिय मानिने छेलो हान्ने प्रतियोगिता पनि राखिएको छ । नेपालीको महान पर्व तिहार सके लगत्तै हुने महोत्सव भएकाले यहाँ आउने आगन्तुकले यहाँका स्थानी पिङ पनि खेल्न पाउने छन् । यस महोत्सवले स्थानीय जनताको आय आर्जन बृद्धिमा पनि सहयोग पुग्ने आशा गरिएको छ ।

समुद्री सतहबाट १४ सय ५० मिटरको उचाइमा रहेको यस गाउँ हिमाल दृष्यावलोकनकोलागि पनि निकै उपयुक्त मानिन्छ । यहाँबाट दर्जनौं हिमालयहरू नजिकै देखिन्छन्। गुरुङ जातिको बाहुलता भएको गिलुङमा अन्य जातजातीहरूको पनि बसोबास रहेको छ । ४ सय घरधुरी रहेको यस ठाउँ निकै फराकिलो हिमाली उपत्यका जस्तै देखिन्छ। गण्डकी प्रदेशको केन्द्र तथा नेपालकै पर्यटन क्षेत्रको राजधानी मानिने पोखराबाट ४५ किलो मिटरको दूरीमा रहेको गिलुङ गाउँ सडक संजालमा जोडिएको छ । त्यहाँ सजिलैसँग पुग्न सकिन्छ । काठमाडौंबाट दमौली तथा बेशीसहर भएर पनि गिलुङ जान सकिने ब्यवस्था छ । पोखराबाट दैनिक ३ वटा बस गिलुङ जाने गर्छन् । जिल्ला सदरमुकाम बेशीसहरबाट नियमितरुपमा यातायातको सुविधा छ ।

प्रकाशित मिति: : 2019-09-29 10:13:59

प्रतिकृया दिनुहोस्