पहिलो पटक पशुपतिदेखि फोक्सुण्डोसम्म बुलेट राईड (भिडियाेसहित)

तस्बिरः बिएल

मनघरी फाउण्डेशन र नासा बुलेट क्लवको सयुक्त आयोजनमा पहिलो पटक काठमाडौं पशुपतिदेखी नेपालको सबैभन्दा गहिरो ताल फोक्सुण्डोसम्म बुलेट राईडको यात्रा आयोजना गरेको छ । कर्णालीको पर्यटन प्रवर्द्धन र भिजिट वर्ष २०२० लाई सफल बनाउन रोइलइफिल्ड मोटरसाईकल राईडरले 'काठमाडौं टु फोक्सुण्डो' यात्रा थालेको हो ।

शुत्रबार बिहान पर्यटन राज्य मन्त्री धनबहादुर बुढाले राईडरलाई खादा लगाएर बिदाई गरेका छन् । विदाई गदै पर्यटन राज्यमन्त्री बुढाले नेपाल सरकारले मनाउन लागेको भिजीट नेपाल २०२० लाई यस कार्यक्रमले सहयोग पुग्ने बताए ।

'कर्णालीको समृद्धीको आधार भनेको पर्यटन हो ।', उनले भने ',जबसम्म कर्णालीको पर्यटन क्षेत्रहरुमा पर्यटकको रोजाईम पर्न सक्दैन तबसम्म कर्णालीको विकासले गती लिन गाह्रो हुन्छ ।' उनले यस्का लागी सबै तहबाट लाग्नु पर्ने बताए ।

आयोजक समितिका अध्यक्ष भरतबन्धु थापाले जबसम्म केन्द्रिय राजधानी र कर्णालीका पर्यटकीय गन्तब्य स्थलहरुसम्म सडक संजालबाट जोड्न सकिदैन तबसम्म कर्णालीको पर्यटनले गती लिन गाह्रो हुने बताए । उनले पर्यटन प्रवर्धनकै लागि पशुपतीदेखि फोकसुण्डोसम्म मोटरसाईकल यात्राको आयोजना गरिएको बताए ।

शुक्रबार बिहान काठमाडौंको पशुपति क्षेत्रबाट सुरु भएको बुलेट र्‍याली एक साता लगाएर डोल्पाको फुक्सोन्डो तालसम्म पुग्ने आयोजकले जनाएको छ ।

काठमाडौंबाट हिडेको राईडरको टोली पहिलो दिनदाङ, दोस्रो जाजारकोट र तेस्रो दिनै डोल्पाको सदरमुकाम दुनै पुग्ने छ । त्यसपछि टोली फोकसुण्डोको यात्रामा लाग्ने आयोजक क्लवका अध्यक्ष प्रकास लिम्बुले बताए ।

मोटरसाईकल र्‍यालीमा बाह्र ओटा मोटरसाईकल रहेका छन् । नेपालको पर्यटन प्रवर्द्धनका लागि नासा क्लवले भरखरै काठमाडौंबाट भारतका लदाकसम्मको बुलेट राईड गरेको थियो । यसअघि नासाले काठमाडौंबाट यात्रा तय गरेर मुस्ताङको केरला बोर्डरसम्म पुगेको थियो ।

मोटरसाइृकल यात्रामा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दिपकराज जोशी, भिजिट नेपाल २०२० का परमर्शदाता बच्चुनारायण श्रेष्ठ, टानका अध्यक्ष खुम बहादुर सुवेदी, मनघरी फाउण्डेशनका सल्लाहका एव ज्योतिविकास बैकका प्रमृख कार्यकारी अधिकृत सिए मनोज ज्ञवली, मनघरी फाउण्डेशन सल्लाहकार डा रविन खड्का , समाजसेवी एवं डोल्पाका अगुवा लक्ष्मीकान्त उपाध्य, ठुलीभेरी नगरपालीकाका उप प्रमुख योगेन्द्र शाही, कर्णाली उद्यमी समाजका अध्यक्ष जग बहादुर बुढा, पर्यटन ब्यबसायी जितेन्द्र झाक्री ले खादा ओढाएर विदाई गरेका थिए ।

प्रकाशित मिति: : 2019-11-01 12:27:18

प्रतिकृया दिनुहोस्