मुस्ताङको लार्जुङमा ‘फर्मुला वान इ-कार रेसिङ’ हुने

मुस्ताङको लार्जुङ

मुस्ताङको लार्जुङमा ‘फर्मुला वान इ-कार रेसिङ’ हुने भएको छ।

नेपाल पर्यटन बोर्डको संयोजन र सहकार्यमा हुने उक्त 'एक्स्ट्रिम रेस' आगामी सन् २०२१ को मे मा हुने छ।

पर्यटन बोर्डका कार्यकारी जोशीका अनुसार यो रेसिङमा विश्वका १२ टिम सहभागी हुनेछन्।

यसका लागि फर्मुला-इका प्रतिनिधिसहित संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री, पर्यटन बोर्डका सिइओसहितको टोली मुस्ताङ पुगेको छ।

मुस्ताङ पुगेर फर्मुला-इ च्याम्पियनसिपका संस्थापक तथा अध्यक्ष अलेजेन्ड्रो अगाग र मन्त्री योगेश भट्टराईले आगामी वर्ष नेपालमा उक्त कार्यक्रम आयोजना गर्ने घोषणा गरेका हुन्।

फर्मुला वानको इ-कार रेसिङमा विद्युतीय कार प्रयोग हुन्छन्। सन् २०११ मा पहिलोपटक यसको घोषणा भएको थियो भने सन् २०१४ मा बेजिइङमा उद्घाटन भएको थियो।

विश्वव्यापी रुपमा यो रेसिङमा एक सिट भएका विद्युतीय रेसिङ कार प्रयोग हुँदै आएको छ। नेपालमा हुने रेसिङ भने फरक छ। यसमा विद्युतीय एसयुभी गाडी प्रयोग हुन सक्नेछन्।

यसबारे विस्तृत जानकारी आगामी शुक्रबार पत्रकार सम्मेलन गरेर जानकारी गराइने पर्यटन बोर्डले जानकारी दिएको छ।

फोटो सौजन्य: ज्ञानेन्द्र शेरचन, लार्जुङ!

प्रकाशित मिति: : 2019-11-12 14:01:44

प्रतिकृया दिनुहोस्