५ हजार तिरेर पर्यटन बोर्डमा सिइओको आवेदन दिनुस्, मासिक ३ लाख तलब लिनुस्

फाइल तस्बिर: बिएल

नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सिइओ)का लागि आवेदन खुला भएको छ। अहिले कार्यकारी रहेका दिपकराज जोशीको कार्यकाल सकिन लागेपछि नयाँ सिइओ छनौटको प्रक्रिया अघि बढेको हो।

प्रकाशित विज्ञापनअनुसार सिइओका लागि आवेदन दिनका लागि शुल्क ५ हजार रुपैयाँ तोकिएको छ।अबको २१ दिनभित्र आवेदन दिइसक्नुपर्छ।

सिइओ हुनका लागि कुनै पनि विषयमा स्नात्तोकोत्तर उत्तिर्ण भएको हुनुपर्छ। कुनै पनि अपराधिक वा फौजदारी अभियोग नलागेको व्यक्ती हुनुपर्ने छ।

पर्यटन क्षेत्रमा कम्तिमा १० वर्षको अभुनव भएकाले आवेदन दिनसक्ने यसमा छनौट हुनका लागि व्यावासायिक प्लान तथा भाषागत दक्षता पनि हुनुपर्छ।

चार वर्षको कार्यकाल हुने पर्यटन बोर्डको सिइओले सेवा सुविधा तथा तलब आकर्षक हुन्छ। अहिलेकै अवस्थामा पनि करिब ३ लाख मासिक तलब हुनेछ। 

पर्यटन बोर्डले सिइओ छनौट गर्न गठित समितले आवेदकहरुमध्येबाट तीनजनाको नाम सिफारिस गर्ने छ। त्यसमध्येबाट समितिले १ जनालाई सिइओ नियुक्ती गर्ने छ।

बोर्डको अध्यक्ष संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव हुन्छन्।

प्रकाशित मिति: : 2019-12-04 09:41:35

प्रतिकृया दिनुहोस्