समयमा काम सम्पन्न गर्न नसक्ने बिभागीय प्रमुखहरुलाई हटाउने चेतावनी (भिडियोसहित)

बिएल

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले तोकिएको समयमा काम सम्पन्न गर्न नसक्ने बिभागीय प्रमुखहरुलाई हटाउने चेतावनी दिएका छन्।

आइतबार सिंहदरबारमा सञ्चार तथा सूचना प्रविधी मन्त्रालय अन्तर्गतको मन्त्रालयस्तरीय बिकास समस्या समाधान समितिको बैठक तथा प्रथम चौमासिक समीक्षा बैठकमा उनले तालिका बनाएर नै काम सक्न यसअघि नै निर्देशन दिइसकेको भन्दै उक्त तालिका बमोजिम काम नसक्ने बिभागीय प्रमुखलाई हटाइने चेतावनी दिए।

भौतिक, बित्तिय र पूजीगत क्षेत्रमा भएका प्रगतिलाई स्पष्ट रुपमा पेश गर्न पनि उनले निर्देशन दिए। आगामी चार महिनामा ६६ प्रतिशत काम हुनै पर्ने उनले बताए।

उनले काम गर्न नसक्ने भए कारणसहित समयअगावै जानकारी दिन पनि निर्देशन दिए। बैठकमा बिभागीय प्रमुखहरुले प्रथम चारमहिनामा भएका कामको विवरण पेश गरेका थिए।

प्रकाशित मिति: : 2019-11-24 18:01:46

प्रतिकृया दिनुहोस्