चिनियाँ राष्ट्रपतिको भ्रमणपछि विकासको एजेन्डामा दौडेला नेपाल?

तस्बिरः बिएल

सन् १९९६ मा ज्याङ जमिन नेपाल भ्रमणमा आउँदा तत्कालिन राजा वीरेन्द्रले पाहुनाको रुपमा दरबार मै राखेर ठूलो सम्मान दिएका थिए। नेपाली राजनीतिमा आजसम्म कुनै विदेशी राष्ट्राध्यक्षलाई यति ठूलो सम्मान दिइएको थिएन। 

२३ वर्षपछि उत्तरको छिमेकी राष्ट्राध्यक्षको नेपालमा हुन लागेको राजकीय भ्रमणमा सरकारले कस्तो सम्मान देला? यसले दुई देशबीचको सम्बन्धलाई नयाँ आयातन दिने कुरामा दुईमत नहोला।

चिनियाँ राष्ट्रपति सी जिनपिङ भारतहुँदै नेपाल आउँदैछन्। यसको अर्थ उनी भारत जाँदा बीचैमा पर्ने अर्को छिमेकीको घर छिर्न लागेका हुन्। उनी पहिले नेपाल आएर भारत गएको भए अथवा चीनबाट सिधै नेपाल आएको भए, यसले ठूलो महत्व राख्थ्यो।

यौनका कारण भत्किँदो समाजिक मूल्य मान्यता (भिडियोसहित)

यद्धपि दुई दशकपछि हुन लागेको चिनियाँ राष्ट्रपतिको भ्रमण आफैंमा महत्वपूर्ण हुने नै छ। यसमा पनि राजतन्त्रात्मक व्यवस्था उन्मुलन भएर गणतन्त्र आएपछि चिनियाँ राष्ट्रपतिको पहिलो नेपाल भ्रमण आफैंमा सकारात्मक छ।

चिनियाँ राष्ट्रपति नेपाल आउने घोषणाले देशभित्र मात्र होइन, विदेशमा पनि एक प्रकारको तरंग उत्पन्न भएको छ। विश्वको ठूलो अर्थतन्त्र भएको देश र अमेरिकासँगको व्यापार–युद्वमा डटेर लडिरहेको चिनियाँ मुखियाको नेपाल भ्रमणले विश्वलाई तरंगित बनाउनु आश्चर्यको कुरा होइन।

तर, यो भ्रमणबाट नेपालले के फाइदा लिन सक्छ? यो हाम्रो लागि बढी महत्वपूर्ण हुनेछ। अहिले नेपालका राजनीतिज्ञ, विशेष गरेर नेकपाका नेताहरू सी जिनपिङको नेपाल भ्रमणले बढी उत्साही भएको म देख्छु।

५ अर्ब लुट्ने योजना यसरी भयो विफल (भिडियोसहित)

गणतान्त्रिक संविधान लागू भएर नेपालमा कम्युनिस्ट सरकार निर्माण भएको दुई वर्ष बितिसकेको छ। यस अवधिमा सरकारले आशा गरे अनुरुप केही नौलो काम गरेर देखाउन सकेको छैन। जनतामा चौतर्फी निरासा छाएको प्रस्ट देख्न सकिन्छ।

मानिसहरूको भरोसा दुई तिहाई सरकारबाट उठ्न थालेको छ। मानिसहरू यो देश ‘सतिले नै सरापे‘ को हो कि? भन्ने मनस्थितिमा पुग्न थालेका छन्।

यस्तो अवस्थामा विश्वको दोस्रो ठूलो अर्थतन्त्र भएको देशको राष्ट्राध्यक्षको भ्रमणले नेकपाका नेताहरूमा उत्साह थपिनु नौलो कुरा होइन। सीको भ्रमणलाई धेरैले ‘जादुको छडी’ को रुपमा परिभाषित गर्न खोजेको पनि म देख्छु। कति नेताहरूको भनाई सुन्दा म अचम्मित भएको छु। सीको नेपाल भ्रमणले नेपालीहरूको दुःखका दिन भोलि देखिनै चटक्कै समाप्त हुनेछ।

निर शाहले ल्याएका सुदूरका ताराः जब देवुबाट देवी बन्छन् (भिडियोसहित)

यो मगन्ते सोच हो। चीनमा म अध्ययनरत रहँदा त्यहाँका प्रोफेसरहरूले मलाई भन्नुहुन्थ्यो–‘नेपाल भनेको सुनको कचौंरा हो। तर, के गर्ने नेपाली नेताहरूको बानी सुनको कचौरा बोकेर भिक माग्ने भयो।’

वास्तवमा भएको पनि यस्तै छ। चीन व्यापारी हो। पुरानो छिमेकी भएको नाताले चीनले नेपाललाई राजनीतिक तथा केही आर्थिक कुरामा सहयोग गर्नु अनौठो विषय होइन। तर, नेपालको सबै खाले विकासमा चीनले ‘फ्रि अफ कस्ट’ सहयोग गर्छ भन्नु सरासर अन्याय हुनेछ।

जो आफूजस्तै पीडित महिलालाई उद्यमी बनाउने सोच राख्छिन् (भिडियोसहित)

चिनियाँहरूले आफ्नो स्वार्थका लागि जे पनि गर्छन्। उनीहरूले नेपाली नेतालाई माया गरेर बोलाउनु ठूलो कुरा होइन। उनीहरूले गरिरहेकै छन्। अहिले त झन् मेयरहरूलाई लगेर प्रशिक्षित गरिरहेका छन्।

तर, जब व्यापार–व्यवसायको कुरा आउँछ। उनीहरूले एक पैसा पनि छुट दिँदैनन्। यसको उदाहरण अमेरिकासँगको व्यापार–युद्वलाई हेरे पुग्छ।

जब राष्ट्रकविले गीतमार्फत एक विदेशीलाई उत्तर दिए–गाउँछ गीत नेपाली

सीको भ्रमणले नेपाल–चीनबीचको सम्बन्धलाई नयाँ आयाम दिन मद्धत पुग्ने छ। उनको भ्रमणमा नेपालले मागेको कुरा दिन चीन सकारात्मक हुने कुरामा दुईमत नहोला। तर, चीनसँग हामीले जे कुरा माग्छौं, त्यो प्रतिबद्ध गरेको समयमा पुरा गर्न सक्छौ कि सक्दैनौंं? यसले ठूलो अर्थ राख्छ।

नेपाली नेताहरूसँग चिनियाँ सरकारको सबैभन्दा ठूलो गुनासो नै प्रतिबद्ध नहुनु हो। किनभने यसअघि पनि चीनसँग थुप्रै कुरामा सम्झौंता भए। तर, ती पुरा भएनन्।

सामुदायिक सद्भाव बढाउँदै दूर्गा पूजा, हिन्दु मुस्लिम र सिख मिलेर बनाए भगवतीको मूर्ति

यसपालि चीनसँग नेपालको थुप्रै सम्झौंतामा हस्ताक्षर हुने सम्भावना छ। तर, चिनियाँ राष्ट्रपति घर फर्किसकेपछि दुई देशबीच हुने सन्धि सम्झौंतामा नेपालका नेता अडिग रहन सक्छन कि सक्दैनन्? यसले धेरै अर्थमा नेपालको राजनीतिक भविष्यलाई पनि इंकित गर्नेछ।

राष्ट्रपति सीको भ्रमणबाट नेपालले कुनै किसिमको फाइदा उठाउन नसकेको खण्डमा हाम्रा नेताहरूले भविष्यमा दक्षिणतिरबाट मागेर खाँदा हुन्छ।

बारादेखि राजधानी आएका केसरी भन्छन्, ‘खै कसरी पढ्ने?’

नेपाली नेता र कर्मचारीतन्त्रको सबैभन्दा ठूलो समस्या भनेको ‘गफ’ बढी गर्नु हो। डेढ वर्षअघि मात्र मसँग एउटा रोचक घटना जोडिएको छ।

दुई तिहाई बहुमतले कम्युनिस्ट सरकार निर्माण भएपछि उद्योग मन्त्रीले घोषणा गरेका थिए– नेपालमा बन्द भएका ५ वटा उद्योग खोलेर देखाउँछु।

मलाई पनि लाग्यो– दुई तिहाईको दममा बनेको मन्त्रीले बोलेको कुरा त पक्कै पुर्‍याउँलान्। मैले चीनमा रहेका मेरा मित्रहरूलाई ‘कन्भिन्स’ गरेर जनकपुर चुरोट कारखाना तथा गोरखकाली रबर उद्योग पुनः सञ्चालन गर्न ठूलो व्यापारीको दलबल नेपाल ल्याए। मन्त्रालयमा गफ भयो। स्थानीय सरकारसँग पनि गफ भयो।

यो पनि हेर्नुहोस्- किन भारतले निजगढ एयरपोर्ट बन्न दिन्न? (भिडियोसहित)- ज्योति देवकोटा

कुनै बेला हजारौं नेपालीलाई रोजगारी दिने तथा फाइदामा चलेको उद्योग पुनः खुल्ने कुराले सबै दंग थिए। नेताहरूको सकरात्मक कुरा सुनेर ठूलो ‘इन्भेस्ट’ नेपाल भित्र्याउने प्रतिबद्धताका साथ चिनियाँ व्यापारीहरू घर फर्किए। अहिले उनीहरू मलाई तारम्तार फोन गरिरहेका छन्।

तर, यहाँ डेढ वर्ष बितिसक्दा पनि एउटा सिन्को भाँचिएको छैन। केही समयअघि सचिवहरूलाई सोधेको थिए। भने, ‘हुँदैछ।’

कुनै बेला नेपालको गौरबसँग गाँसिएको उद्योग खुलाउन डेढ वर्षसम्म प्रक्रियाको थालनी समेत नगर्ने नेता तथा कर्मचारीको पारा देखेर म त निरास छु।

म मात्र होइन, दुई तिहाईको जगमा उभिएको सरकारले सिन्को भाँचेको नदेखेका सबै जनता निरास छन्। त्यसैले चिनियाँ राष्ट्रपतिको भ्रमणले केही भइहाल्छ कि भन्ने आशा धेरैमा पलाएको छ।

यो आशालाई पनि सरकारले ‘गफ’ मा मात्र केन्द्रीत राख्यो भने– भीरबाट लड्न लागेको गोरुलाई रामराम भन्न सकिन्छ, भन्ने पुरानो मान्यता नेपाली राजनीतिमा पुनः स्थापित हुनेछ।

लेखक खनाल चीन मामिलाको जानकार हुन्

प्रकाशित मिति: : 2019-09-26 15:42:48

प्रतिकृया दिनुहोस्