खाडीमा बेच्न लगिएका १२ नेपाली युवतीकाे दिल्लीबाट उद्धार

प्रतिकात्मक तस्बिर

दिल्ली महिला आयोगले आइतबार राति उत्तरपश्चिम दिल्लीबाट १२ नेपाली युवतीको उद्धार गरेको छ। उदय नाम गरेका एक एजेन्टले दुबई र अन्य खाडी देशमा राम्रो रोजगार दिने प्रलोभनमा पारेर ती युवतीहरुलाई दिल्ली पुर्‍याएका थिए।

आनन्दी (नाम परिवर्तित) बाट दिल्ली महिला आयोगका सदस्य किरण नेगीले गुनासोप्राप्त गरेपछि ती महिलाहरुलाई राखिएको क्षेत्र नजफगढमा दुई टोली पठाइएको थियो। आनन्दीको गुनासो पाइसकेपछि आयोगबाट खटिएको टोली उद्धार क्षेत्रमा पुगेको थियो । टोलीले १२ नेपाली युवतीको उद्धार गरे पनि एजेन्ट भनिएका उदय भने भेटिएनन्।

प्रकाशित मिति: : 2019-04-01 20:38:39

प्रतिकृया दिनुहोस्