सेक्सी खरायाे कसरी बन्याे ‘प्ले ब्वाई’?

कमल प्रभात

काठमाडौं
All Photo by agency
All Photo by agency

‘प्ले ब्वाई’ हामीले धेरै पटक सुनेकाे शब्द हाे। कुनै न कुनै बेला कालाे खरायाे अंकित ‘प्ले ब्वाई’काे लाेगाे भएका सामानहरू पनि किनेका पनि हुन सक्छाैँ। तर, यस लागाेकाे इतिहासबारे हामी कमैलाई मात्रै थाहा हुन सक्छ। ‘प्ले ब्वाई’ जति लाेकप्रिय छ, यसकाे इतिहास पनि उत्तिकै राेचक र रहस्यमयी छ।

अहिले विश्वबजारमा प्रतिष्ठित लाेगाेकाे रूपमा परिचित प्ले ब्वाई इतिहासमा कुनै पत्रिकाकाे नाम थियाे। याे पत्रिका मोडल र सिनेमाका नायिकाहरुको नग्न तस्विरकाे लागि चर्चित मानिन्थ्याे।

तस्विरकाे लागि मात्रै भए पनि बिक्री हुने यो पत्रिकामा आर्थर सी क्लार्क, इयान फ्लेमिंग, व्लादिमीर नाबोकोव, शाऊल बोले, चक पलाहनीक, पीजी वोडाहाउस, रोल्ड डाहललगायत प्रसिद्ध उपन्यासकारहरुको कथा पनि प्रकाशित हुन्थ्यो।

त्यस्तै हार्वे कुर्टजमैन, जैक कोल, एल्डन डेडिनी, जुल्स फीफर, शेल सिल्वरस्टीन, एरिच सोकोल, राय रेमोडे, गहन विल्सन, और रोवलैड बी विल्सनजस्ता लोकप्रिय कार्टुनिस्टहरुको कार्टुन समेत छापिन्थ्यो। यद्वपी, सामान्य पाठकहरुले यो पत्रिका किन्नुको प्रमुख कारण नग्न तस्बिर नै थियाे।

ह्युग हेफनरद्वारा प्रकाशित यो पत्रिकाको पहिलो अंक सन् १९५३ मा प्रकाशित भएको थियो। पहिलो अंक नै ५५ हजार प्रति बिक्री भएको थियो। यो पत्रिकाको नोभम्बर १९७२ को अंक ७१ लाख प्रति बिक्री भएको थियो। जसलाई आजसम्म कुनै पनि मासिक पत्रिकाले उछिन्न सकेको छैन। सन् २०१५ मा धेरै भन्दा धेरै पाठकहरुको पहुँच होस् भनेर नग्न तस्बिर नछाप्ने भनिए पनि त्यो लागू भने भएन। यो पत्रिकाको सबैभन्दा अन्तिम अंक मार्च २०२० मा प्रकाशित भएको थियो। अहिले याे पत्रिका बन्द भएकाे छ।

प्ले ब्वाई पत्रिकाको इतिहास

सन १९५१ मा ह्युग हेफनरले विभिन्न प्रतिलिपिहरू लेख्ने काम गर्थे। आफूले काम गरेअनुसार सेवा सुविधा नपाएपछि उनले त्याे काम छाडेर म्यागजिन सुरु गर्ने निर्णय गरे। उनले आमासँग एक हजार डलर ऋण लिएर म्यागजिनकाे काम सुरु गरे। सानै लगानीमा भएपनि सुरु गरेकाे व्यवसाय फस्ट्याउन धेरै समय लागेन। पहिलाे अंक नै ५५ हजार प्रति बिक्री भयाे। त्यसपछि हेफनर रातारात आर्थिक रूपमा सक्षम बने। उनकाे पहिलाे अंक नै अत्याधिक बिक्री हुनुकाे मुख्य कारण नग्न तस्बिर थियाे। त्यतिबेला उनले मारिलिन मुनरोको एक नग्न तस्बिर छापेका थिए।

पहिलाे अंक नै सफल भएपछि उनकाे पत्रिका उपन्यास छाप्नेहरूकाे लर्काे लाग्याे। म्यागजिनका लागि पोज दिन जाने महिलाहरूले फराह फाउसेट र मार्गोट किडरजस्ता सेलिब्रेटी अभिनेत्रीहरू, एमी अकफ र अमान्डा बियर्डजस्ता खेलकुद स्टारहरू र सामन्था फक्स र डेबी गिब्सनजस्ता संगीतकारहरू थिए। पत्रिकाले उच्च प्रोफाइल अन्तर्वार्ताहरू, क्रमबद्ध उपन्यासहरू र मौलिक कमिक्सहरू प्रकाशित गर्न थाल्याे।

प्ले ब्वाई लोगोको इतिहास

विश्वाभर चर्चित प्ले ब्वाईकाे खरायाे अंकित लाेगेकाे डिजाइन आर्ट पलले गरेका हुन्। हेफनर पत्रिकाकाे लागि नयाँ लाेगाे बनाउन चाहन्थे तर उनी सँग कुनै नयाँ सिर्जना थिएन, त्यसैले उनले आर्ट पललाई लागाे डिजाइन गर्न लगाए। त्यो लाेगाे पत्रिकाकाे दोस्रो अंकदेखि छाप्न सुरु गरिएकाे थियाे। पत्रिकाकाे दाेस्राे अंकदेखि प्रयाेग गर्न थालिएकाे लाेगाे कहिलै पनि पुन: डिजाइन गरिएन। प्ले ब्वाई लोगोमा प्रयोग गरिएकाे कालो रङ्गले विलासिता र व्यावसायिकतालाई बुझाउँछ।

हेफनरले आर्ट पललाई हास्यपूर्ण यौन अर्थ दर्शाउने गरी चञ्चलपूर्ण लाेगाे बनाउन लगाएका थिए। त्यसैले लाेगाेमा खरायाेकाे प्रयाेग गरियाे।

पत्रिकाको लोगोको रूपमा खरायो किन छनोट गरियो भन्ने प्रश्नमा हेफनरले भनेका छन्,‘अमेरिकामा खरायोको यौन अर्थ हुन्छ र मैले यसलाई रोजेँ, किनभने यो ताजा जनावर हो। खरायाे लजालु, जीवन्त, जम्पिङ र सेक्सी हुन्छ। पहिलाे, यसले तपाईंलाई गन्ध दिन्छ, त्यसपछि यो भाग्छ। त्यसपछि यो फर्कन्छ र तपाईं यसलाई स्याहार गर्दै यससँग खेल्नुहुन्छ। केटी खरायो चञ्चल र सेक्सी देखिन्छ। यदि हामीले केटीलाई हेर्नुभयो भने यस्तै माेहित हुन्छाैँ। तर, एउटी साधारण केटी तपाईंसँग रहन सक्दिँनन्, एक कठिन अवस्थाकी महिलाले अन्डरवियर लगाउँछिन्, कुनै न कुनै मानसिक रूपमा हामीले उनलाई फाेहाेरी देख्छाैँ र रुचि राख्दैनाैँ। प्लेब्वाई केटीसँग फिता छैन, अन्डरवियर छैन। उनी नाङ्गी छिन्, साबुन र पानीले राम्ररी धोएर खुसी छिन्।’

लोगोको लोकप्रियता 

प्ले ब्वाई लोगो इतिहासभर लाेकप्रिय बनिरह्याे। याे लागाे विश्वको सबैभन्दा धेरै बिक्री हुने म्यागजिनको प्रत्येक कभरमा देखा पर्नुको साथै अन्य व्यापारिक सामानहरूमा पनि देखा पर्न थाल्याे। प्ले ब्वाईकाे लाेगाे प्रयाेग गरिएका सामानहरू कम्पनीहरूकाे लागि आम्दानीको प्रमुख स्रोत बने। एक महान लोगोले व्यापारको लागि कति राम्रो गर्न सक्छ भन्ने प्रमाणित प्ले ब्वाईकाे लागाेले गर्‍याे।

नाफामुखी उद्यममा मात्र सीमित नभई प्ले ब्वाईकाे लोगोले परोपकारी कार्यहरूमा पनि आफ्नो छाप छोडेको छ। यो एक उत्कृष्ट इतिहास बन्नुका साथै एउटा लोगोले कति प्रभाव पार्छ भन्ने कुरा पनि दर्शाएकाे छ। एउटा नग्न तस्बिर छाप्ने म्यागजिनकाे कारण लाेकप्रिय भनेका लाेगाे अहिले सबैकाे रूचिमा पर्न सफल बनेकाे छ।

– एजेन्सीहरूकाे सहयाेगमा

प्रकाशित मिति: : 2022-10-28 18:10:00

प्रतिकृया दिनुहोस्