इंग्ल्याण्ड र वेल्समा जारी विश्वकप क्रिकेट २०१९ अन्तर्गत भारतले आफ्नो पहिलो खेल दक्षिण अफ्रिका विरूद्ध खेल्यो। यस खेलमा भारतीय ब्याट्सम्यान-विकेटकिपर महेन्द्रसिंह धोनीले लगाएको पञ्जामा भारतीय सेनाको लोगो थियो ।
भारतीय सेनाका मानार्थ लेफ्टिनेन्ट कर्णेलसमेत रहेका धोनीले राष्ट्र र सेनाप्रति सम्मान देखाउँदै सेनाको लोगो राखेका थिए। उनको कार्यप्रति सामाजिक सन्जालमा प्रशंसासमेत भएको थियो।
तर अब आगामी खेलमा भारतीय क्रिकेट टोलीका पूर्वकप्तान धोनीले भारतीय सेनाको लोगो भएको पन्जा लगाउन नपाउने भएका छन्। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) ले भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) लाई धोनीको पञ्जाबाट त्यो लोगो हटाऊन आग्रहसमेत गरेको छ।
आइसीसीका रणनीतिक सन्चारसम्बन्धी महाप्रबन्धक क्लेयर फुर्लोङले विश्व प्रतियोगितमा राजनीतिक, धार्मिक र जातीय सन्देश झल्किने कुनै पनि कुरा आइसीसीको उपकरण तथा पोशाक नियमनले निषेध गर्ने भन्दै लोगो हटाउन बीसीसीआईसमक्ष आग्रह गरेका हुन्।
आईसिसिको आग्रहसँगै अबदेखि धोनीले उक्त लोगो भएको पञ्जा लगाउनेछैनन्।