भारतीय कप्तान विराट कोहली आफ्ना अग्रज तथा भारतीय क्रिकेटका भगवान मानिने सचिन तेन्दुलकरको एउटा कीर्तिमान तोड्ने अभियानमा छन्। एकदिवसीयमा अब ५७ रन बनाए उनी सचिनको कीर्तिमान भंग गर्न सफल हुनेछन्।
सचिन एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो ११ हजार रन बनाउने ब्याट्सम्यान हुन्। सचिनले २ सय ७६ इनिङमा ११ हजार रन पुरा गरेका थिए।
सचिनलाई यो कीर्तिमानमा पछ्याइरहेका विराटले हालसम्म २ सय २१ इनिङ खेलेका छन्। उनी ११ हजार रन पुरा गर्न ५७ रनले पछाडि छन्।