पावरप्लेमा श्रीलंकाको कीर्तिमान, अस्ट्रेलियाविरुद्ध ३ सय ३५ रनको लक्ष्य पछ्याउँदै

तस्वीरः एजेन्सी

श्रीलंकाले विश्व कप क्रिकेट–२०१९ मा नयाँ कीर्तिमान बनाएको छ। अस्ट्रेलियाविरूद्ध शनिवार जारी खेलको पहिलो पावरप्लेमा ८७ रन बनाउदै श्रीलंकाले कीर्तिमान बनाएको हो।

यसपालिको विश्व कपको पहिलो पावरप्लेमा अहिलेसम्म बनेको यो नै ठूलो स्कोर हो। अस्ट्रेलियाले पहिलो इनिङमा ७ विकेट गुमाएर बनाएको ३ सय ३४ रनको लक्ष्य पछ्याउने क्रममा कप्तान दिमुथ करुणारत्ने र कुसल परेराको जोडीले १० ओभरमा ८७ रन बनाएका थिए।

श्रीलंकाले पहिलो विकेटका लागि १५ दशमलव ३ ओभरमा १ सय १५ रनको साझेदारी गरेको थियो। यही विश्व कपमा श्रीलंकाले अफगानिस्तानविरूद्ध पनि पहिलो पावरप्लेमा ७९ रन बनाएको थियो।

न्युजिल्यान्डले श्रीलंकाविरुद्ध १० ओभरमा ७७ रन बनाएको थियो।

 

प्रकाशित मिति: : 2019-06-15 21:23:45

प्रतिकृया दिनुहोस्