पाकिस्तानले टस जितेर भारतलाई ब्याटिङका लागि निम्तो दिएको छ। आइतबार केही बेरपछि सुरु हुने खेलमा पाकिस्तानले टस जितेको थियो।
पाकिस्तान दुई स्पिनर सद्धाव खान र इमाद वासिमलाई लिएर मैदानमा उत्रिँदैछ। आसिफ अलीलाई टिममा समावेश गरिएको छैन। सोएब मलिकले आफ्नो स्थान यथावत राखेका छन्।
भारतले चौथो नम्बरमा ब्याटिङ गर्न विजय शंकरलाई टिममा समावेश गरेको छ। केएल राहुल शिखर धवनको स्थानमा प्रारम्भिक ब्याट्सम्यानको भूमिका निर्वाह गर्दैछन्।