जारी विश्व कपमा रोहितको दोस्रो सतक

तस्वीरः एजेन्सी

उपकप्तान रोहित शर्माले चालु विश्व कपमा दोस्रो सतक पुरा गरेका छन्। उनले पाकिस्तानविरूद्ध भइरहेको खेलमा ८५ बलमा सतक पुरा गर्दै एकदिवसीय क्रिकेटमा आफ्नो २४ औं सतक पुरा गरेका हुन्।

उनले ९ चौका र ३ छक्का प्रहार गरेका थिए। केएल राहुलसँग मिलेर उनले यसअघि पहिलो विकेटका लागि १ सय ३६ रनको सतकीय साझेदारी पनि गरेका थिए।

रोहितले पछिल्लो पाँच खेलमा ५० भन्दा माथि रन जोडेका हुन्। रोहितले दक्षिण अफ्रिकाविरूद्ध अघिल्लो खेलमा पनि सतक प्रहार गरेका थिए।

प्रकाशित मिति: : 2019-06-16 17:52:56

प्रतिकृया दिनुहोस्