मोर्गनको नाममा छक्काको कीर्तिमान, अफगानिस्तानलाई हाने १७ छक्का

तस्बिरः एजेन्सी

इंग्ल्यान्डका कप्तान इयोन मोर्गनले एकदिवसीयको एउटै खेलमा १७ छक्का हान्ने विश्व कीर्तिमान बनाएका छन्।

उनले मंगलबार प्रतियोगिताको कमजोर टिम अफगानिस्तानविरूद्ध १७ छक्का प्रहार गर्ने क्रममा ७१ ब्लमा १ सय ४८ रन बनाए। इसमा ४ चौका पनि समावेश थियो।

एकदिवसीयको एउटै इनिङमा यसअघि १६ छक्काको कीर्तिमान थियो। भारतका रोहित शर्मा, वेष्ट इन्डिजका क्रिस गेल र दक्षिण अफ्रिकाका एबी डीभिलियर्सले १६ छक्का प्रहार गरेका थिए।

उनले ५७ बलमा सय रन पुरा गर्दा ११ छक्का प्रहार गरेका थिए। यसपछि ४८ रन थप्दा ६ छक्का प्रहार गरे।

प्रकाशित मिति: : 2019-06-18 18:47:11

प्रतिकृया दिनुहोस्