प्रधानमन्त्री ओलीलाई भेटेर अध्यक्ष दाहालले भने- उहाँको स्वास्थ्यमा धेरै राम्रो प्रगति भएको छ

तस्बिरः बिएल नेपाली सेवा

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहालले अस्पतालमा उपचाररतप्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन्।

शुक्रबार बेलुका ६ बजेर ४५बजे महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत प्रधानमन्त्री ओलीलाई भेटेर दाहालले कुराकानीसमेत गरेका छन्।

दाहालले भेटका क्रममा ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए। भेटपछि अध्यक्ष दाहालले प्रधानमन्त्रीको स्वास्थ्यमा धेरै राम्रो प्रगति भएको प्रतिक्रिया दिए।

यसैबीच उनको उपचारमा संलग्न चिकित्सकको टोलीले शुक्रबार पत्रकार सम्मेलनमार्फतप्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था हाललाई 'खतरा मुक्त' रहेको जानकारी दिएका छन्।

पेटको समस्या भएपछि महाराजगञ्जस्थित अस्पताल पुर्याइएका ओलीको मंगलबार नै एपेन्डिसाइटिसको शल्यक्रिया भएको थियो। पेट दुखेर महाराजगञ्जस्थित अस्पताल लगिएका प्रधानमन्त्री ओलीलाई एपेन्डिसाइटिस भएको पत्ता लागेपछि मनमोहन कार्डियोथोरासिक तथा भास्कुलर ट्रान्सप्लान्ट सेन्टर मा मंगलबार शल्यक्रिया गरिएको थियो । उनको सफल सल्यक्रियापछि अस्पतालमा आरामका लागि राखिएको छ ।

प्रकाशित मिति: : 2019-11-29 19:52:50

प्रतिकृया दिनुहोस्