जेसन बेहरेन्डोफ र मिशेल स्टार्कको बलमा घुँडा टेकेको इंग्लिस टोली विश्व कपको महत्वपूर्ण खेलमा एसेस प्रतिद्धन्दी अस्ट्रेलियासँग ६४ रनले पराजित भएको छ।
टस जितेर पहिलो ब्याटिङको निम्तो दिएको इंग्ल्यान्डले कङ्गारुलाई ७ विकेटको क्षतिमा २ सय ८६ रनको लक्ष्य दिएको थियो।
प्रत्युत्तरमा इंग्ल्यान्ड ४४ दशमलव ४ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै २ सय २१ रनमा खुम्चियो।
अस्ट्रेलियाको जितमा पहिले कप्तान एरोन फिन्चले एक सय रनको सतकीय इनिङ खेलेका थिए। त्यसपछि बेहरेन्डोफले ५ र स्टार्कले ४ विकेट लिएपछि आयोजक इंग्ल्यान्डको पराजय सुनिश्चित भएको थियो।
खेलको ‘म्यान अफ दि म्याच’ फिन्च घोषित भए। बलिङका लागि उपयोगी मानिएको लडर््सको क्रिजमा उनले २ छक्का र ११ चौकाको सहयोगले १ सय रन बनाएका थिए।
अर्का प्रारम्भिक ब्याट्सम्यान डेभिड वार्नर (५३) सँग मिलेर उनले पहिलो विकेटका लागि १ सय २३ रनको ठोस साझेदारी गरेका थिए।
मध्यक्रममा पूर्व कप्तान स्टिभन स्मिथले ३८, उस्कान ख्याजाले २६ र विकेटकिपर करीले अवितिज रहँदै ३८ रन बनाए।
प्रतिउत्तरमा बेहरेन्डोफले ५ र स्टार्कले ४ विकेट लिएपछि इंग्ल्यान्ड ३२ बल खुल्नु अगावै पराजित भयो।
इंग्ल्यान्डका लागि अलराउन्डर बेन स्टोकले ८९ रन बनाए। अन्य सबै ब्याट्सम्यानले निरास पारे।
जितसँगै डिफेन्डिङ च्याम्पियन अस्ट्रेलिया सेमिफाइनल प्रवेश गर्ने पहिलो टिम बनेको छ।