विराट कोहली २० हजार क्लबमा

Agency

भारतीय क्रिकेट टिमका ब्याट्सम्यान विराट कोहलीले अन्तर्राष्ट्रिय खेलमा २० हजार रन पुरा गरेका छन्। विहिबार वेष्ट इन्डिजविरूद्ध खेलमा ७२ रन बनाउने क्रममा उनले सबैभन्दा कम इनिङमा २० हजार रन पुरा गरेका हुन्।

उनले ४ सय १७ इनिङमा २० हजार रन पुरा गरे। यसअघि भारतकै सचिन तेन्दुलकरले र वेष्ट इन्डिजका ब्रायन लाराले ४ सय ५७ इनिङमा २० हजार रन बनाएका थिए।
विराटले दुवैको कीर्तिमान भंग गरेका हुन्।

विराटले १ सय ३१ टेस्ट, २ सय २४ एकदिवसीय र ६२ टि–२० मा गरी २० हजार रन पुरा गरेका हुन्। अस्ट्रेलियाका पूर्व कप्तान रिकी पोन्टिङलाई २० हजार रन पुरा गर्न ४ सय ६८ इनिङ खेल्नु परेको थियो।

विराटको जारी विश्व कपमा चौथो अर्धसतक पनि हो। उनी एउटै विश्व कपमा ४ वटा अर्धसतक बनाउने तेस्रो भारतीय ब्याट्सम्यान बन्न पुगेका छन्।

यसअघि नवजोदसिंह सिद्धु र सचिन तेन्दुलकरले ४ अर्धसतक बनाएका थिए। उनले जारी विश्व कपमै एकदिवसीय क्रिकेटमा सबैभन्दा कम इनिङमा छिटो ११ हजार रन पुरा गर्ने कीर्तिमान बनाएका थिए।

विराटभन्दा अगाडि २० हजार क्लबमा ११ खेलाडी समावेश छन्। जसमा तेन्दुलकर, लारा र पोन्टिङसँगै श्रीलंकाका कुमार संगाकारा, महेला जयबद्र्धने, सनथ जयसूर्या,

दक्षिण अफ्रिकाका ज्याक कालिस, एबि डीभिलयर्स, पाकिस्तानका इन्जमाम उल हक, वेष्ट इन्डिजका शिवनारायण चन्द्रपल समावेश छन्।

 

प्रकाशित मिति: : 2019-06-27 23:30:22

प्रतिकृया दिनुहोस्