भारतलाई ३ सय ३८ रनको चुनौति, बेयरस्टोको सतक

तस्बिरः एजेन्सी

चोटबाट फर्किएका जेसन रोय र जोनी बेयरस्टोको उत्कृष्ट १ सय ६० रनको साझेदारीका कारण आयोजक इंग्ल्यान्डले भारतको अगाडि ३ सय ३८ रनको चुनौति पेश गरेको छ। इ‌ग्ल्यान्डले ७  विकेटकाे क्षातिमा ३ सय ३७ रन बनायाे।

बर्मिङ्घममा टस जितेर पहिलो ब्याटिङ रोजेको इंग्ल्यान्डका लागि प्रारम्भिक ब्याट्सम्यान बेयरस्टोले १ सय ११ रनको उत्कृष्ट इनिङ खेले। उनले ६ छक्का र १० चौकाको सहयोगले १ सय ९ बलमा उत्कृष्ट इनिङ खेले। उनले चोटबाट फर्किएका अर्का प्रारम्भिक ब्याट्सम्यान रोयसँग मिलेर पहिलो विकेटका लागि धुँवाधार ब्याटिङ गरे। दुवैले १ सय २१ ब्लमा १ सय ५० रन कटाईसकेका थिए। रोयले ६६ रन बनाए।

भारतविरूद्ध बेन स्टोकले पनि बिस्फोटक ब्याटिङ गरे। उनले ५४ बलमा ३ छक्काको सहयोगले ७९ रन बनाए। जोए रुटले ४४ रन बनाए। कप्तान इयोन मोर्गन आज अभागी सावित भए। उनलाई १ रनमै मोहम्मद सामीले आफ्नो शिकार बनाएका थिए। जस बटलरले २० रन बनाए।

आज पनि मोहम्मद सामीको प्रदर्शन उत्कृष्ट रह्यो। एनले ५ विकेट लिए। एनले बेयरस्टो, रुट, मोर्गन, बटलर र क्रिस वोक्सको विकेट लिए। जसप्रीत बुमराह र कुलदीप यादवको नाममा १–१ विकेट रहयो।

प्रकाशित मिति: : 2019-06-30 19:23:30

प्रतिकृया दिनुहोस्