वेष्ट इन्डिजले अफगानिस्तानलाई ३ सय १२ रनको चुनौती दिएको छ। साई होप, इभिन लुइस र निकोलस पुनमले अर्धसतकीय इनिङ खेलेपछि वेष्ट इन्डिजले ६ विकेटको क्षतिमा ३ सय ११ रन बनायो।
स्टार ब्याट्सम्यान क्रिस गेल ७ रनमा आउट भएको स्थितिमा लुइसले ५८, होपले ७७ र पुनमले ५८ रन बनाउँदै टिमको स्थिति सुदृढी पारेका थिए। कप्तान जेसन होल्डरले पनि ४५ रन बनाए। सिमरन हिटमायरले ३९ रन बनाए।
अफगानिस्तानका लागि दौलत जारदनले २, मोहम्मद नबी, राशीद खान र सैयद सिरजादले १–१ विकेट लिए।