विश्व कप क्रिकेटको इतिहासमा पहिलो पल्ट सेमिफाइनलको खेल वर्षाको कारण स्थगित

Agency

भारत र न्युजिल्यान्डबीच १२ औं संस्करणको विश्व कपअन्तर्गत मंगलबार भएको खेल वर्षाका कारण स्थगित भएको छ।

म्यानचेस्टरको ओल्ड ट्राफोडमा भएको खेलमा टस जितेर पहिलो ब्याटिङ गरेको न्युजिल्यान्डले ४६ दशमलव १ ओभरमा ५ विकेटको क्षतिमा २ सय ११ रन बनाएको थियो। यसपछि पानी पर्न सुरु भएको थियो।

मंगलबार स्थगित भएको खेल बुधबार ‘रिजर्भ’ दिनमा हुनेछ।

न्युजिल्यान्डले सुरुवातमै विकेट गुमाएको थियो।

न्युजिल्यान्डका लागि कप्तान केन विलियम्सनले ६७ रन बनाए। रोस टेलर ६७ मा खेल्दै गर्दा वर्षाले खेल बिथलेको थियो।
उनीसँगै टम लाथम ३ रन बनाएर अविजित छन्।

भारतका लागि प्रयोग भएका ५ वटै बलर भुवनेश्वर कुमार, जसप्रीत बुमराह, रवीन्द्र जडेजा, यजुवेन्द्र चहल र हार्दिक पाण्ड्याले १–१ विकेट लिए।

 

प्रकाशित मिति: : 2019-07-10 01:06:41

प्रतिकृया दिनुहोस्