एउटै विश्व कपमा सर्वाधिक रहन बनाउने भारतका पूर्व ब्याट्सम्यान सचिन तेन्दुलकरको कीर्तिमान यस पालि भंग हुने सम्भावना बलियो रहेको छ।
भारतका रोहित शर्मा र अस्ट्रेलियाका डेभिड वार्नर सन् २००३ को विश्व कपमा सचिनले बनाएको सर्वाधिक रनको कीर्तिमान नजिक थिए। तर, सेमिफाइनलमा भारत र अस्ट्रेलिया बाहिरिसकेको अवस्थामा यी दुवै ब्याट्सम्यान सचिनलाई उछिन्नबाट बञ्चित भएका छन्।
तर, न्युजिल्यान्डका कप्तान केन विलियम्सन र इंग्ल्यान्डका जोए रुट भने सचिनको कीर्तिमान नजिक छन्। तर, उनीहरूले फाइनलमा सतकीय इनिङ खेल्नु पर्ने छ।
सचिनले २००३ को विश्व कपमा ६ सय ७३ रन बनाएका थिए। रुटले हाल ५ सय ४९ रन बनाइसकेका छन्। उनी सचिनको कीर्तिमान भन्दा १ सय २५ रनले पछाडि छन्।
यस्तै, विलियम्सनले विश्व कपमा ५ सय ४८ रन बनाएका छन्। उनी सचिनको कीर्तिमान भंग गर्न १ सय २६ रनले पछाडि छन्।
यसअघि रोहितले ६ सय ४८ र वार्नरले ६ सय ४७ रन बनाएका थिए। यी दुवै सचिनको कीर्तिमान भंग गर्न क्रमशः २६ र २७ रनले चुकेका थिए।