सर्लाहीको हरिपुर्वामा ८० प्रतिशत मत खस्यो

तस्बिरः एजेन्सी

सर्लाहीको हरिपूर्वा नगरपालिका-१ मा मतदान शान्तिपूर्ण रुपले सम्पन्न भएको छ। विहान ७ बजेदेखि सुरु भएको मतदान शान्तिपूर्ण रुपले साँझ ५ बजे सम्पन्न भएको हो।

मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायधिश कृष्णराम कोइरालाका अनुसार वडाध्यक्षका लागि भएको मतदानमा ८०.६० प्रतिशत मत खसेको छ। अर्थात १ हजार ९३ मत खसेको हो।

उक्त वडामा १ हजार ३ सय ५६ मतदाता छन्। मतदानका लागि यहाँ दुईवटा मतदान केन्द्र तोकिएको थियो। केन्द्र (क) मा २ सय ९४ जना पुरुष र २ सय ८१ जना महिलाले मतदात गरेका छन्। त्यस्तै केन्द्र (ख) मा २ सय ९४ जना पुरुष र २ सय २४ जना महिलाले मतदान गरेको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ।

यहाँको मतगणना शनिबार साँझदेखि नै सुरु हुने अधिकृतको कार्यालयले जनाएको छ।

प्रकाशित मिति: : 2019-11-30 18:25:26

प्रतिकृया दिनुहोस्