प्रवासी उत्पीडितको विश्व सम्मेलन नेपालमा गर्ने तयारी

५४ औं अन्तर्राष्ट्रिय जातीय तथा रंगभेद उल्मूलन दिवस अर्थात् मार्च २१ को सन्दर्भमा नोप्स यूरोपको समायोजन र नेपाल उत्पीडित जातीय समाज ,यू.के.(नोप्स यू.के.) द्वारा आयोजित ‘नेपाल तथा प्रवासको वर्तमान अवस्थामा भैरहेको सामाजिक जातीय विभेदबारे न्यूनिकरणमा प्रवासी नेपालीको भूमिका’ र नोप्स यूरोपको अवधारण विषयक अन्तरक्रिया काय॔क्रम सम्पन्न भएको छ।

नोप्स युकेका संयोजक धनबहादुर सार्कीको सभापतित्वमा अलडरसटमा सम्पन्न कार्यक्रममा बेलायतका लागि नेपाली दूतावासका प्रतिनिधि लव सुवेदीले उद्घघाटन गरेका थिए।

नोप्स यूरोपका अध्यक्ष हरिश्चन्द्र नेपालीले नोप्स यूरोपको संस्थागत अवधारणा पढेर सुनाउँदै नोप्सको शाखाहरू हरेक देशहरूमा क्रियीशील रहेको र विश्वभरका प्रवासी उत्पीडित समुदायहरूसग समन्वय भइरहेको र अब छिट्टै प्रवासी उत्पीडीत व॔र्गहरूको विश्व सम्मेलन नेपालमा हुने बताए।

नोप्सका बरीष्ठ सल्लाहाकार अ॔र्जुन सुनारले स्वागत मन्तव्य राखनु सुरू गरिएको उक्त काय॔क्रममा डा. मित्र परियारले प्रस्तुत काय॔पत्र उपर डा.कृणा सुवेदी ,डा.मिन बहादुर रानाभाट र डा. भक्त गुरूङ लगीएत वेलायाती नागरीक अक्सफोड यूनिभरसिटीका प्रध्यापक डेविड केल्नरले पनि नेपाली भाषामा टिप्पणी गनु॔ भएको थियो। ‘मानवका निम्ति मानवियता र मानवियताका निम्ति सचेतना’, भने मूल नारालाईआत्मसाथ गर्दै नोप्स ,यूरोप सचिब ललित परियारले सञ्चालन ग॔रेको अन्तरक्रिया काय॔क्रममा एन.आर.एन.ए युकेका अध्यक्ष योगेन्द्र फगामी मगर ,उपाध्यक्ष पुनम गुरूङ,उपाध्यक्ष प्रेम फगामी मगर गायीका मिरा राणा ,जनजाति महासघका प्रतिनिधि, मगर समाज प्रतिनिधिलगायत सामाजिक संघ संस्थाका प्रतिनिधिले आ-आफ्ना विचार राखेका थिए।

नोप्सको अबधाराणाले यो विशुद्ध सामाजिक संस्था जनाउँछ। यस नोप्स सबै समुदायको साझा बन्न सकोस भन्नै शुभकामना एवम खुसी ब्यक्त गर्दै यस्तो शिक्षा र जनचेतनामुलक अन्तर्क्रिया काय॔क्रम युकेमा पहिलो पटक भएको छ। यो ऐतिहासिक कार्य॔मा सबैले हातेमालो गर्दै अगाडि बढ्न सुझाव दिए।

कार्यक्रममा गायकी मिरा राणा, उमा नेपाली, एनआरएनए उपाध्यक्ष पुनम गुरूङ, प्रेम गाहामगर, एनआरएनए संरक्षक सूर्य गुरूङ, नेपाल आदिवासी जनजाति महासंघ उपाध्यक्ष लिला सेलिङ्ग माबो, एनडिएफ युके अध्यक्ष राजेन्द्र पुडासैनी, नेपाली जनसम्पर्क मञ्च युकेका निवर्तमान अध्यक्ष लोक गुरुङ, कुमार बिक, शिव कल्चरल एण्ड कम्युनिटी सेन्टर युकेका उपाध्यक्ष क्याप्टेन गोपाल विक, गोर्खा जिल्ला समाज युके अध्यक्ष कर्ण दर्लामी, लेप्टन कर्णेल तोल खाम्चा, एनआरएनए आईसीसी सदस्य सुस्मा राई, राजन खकुरेल, उदयराज राणा, अशोक गहतराज, दनम सिंह र नेपाल पत्रकार महासंघ युकेका अध्यक्ष नरेश खपाङ्गी मगरलगायत पत्रकारको समेत उपस्थिति थियो।

प्रकाशित मिति: : 2019-03-21 19:58:31

प्रतिकृया दिनुहोस्