सर्लाहीको हरिपूर्वामा समाजवादीका श्यामबाबु विजयी

फाइल तस्बिर: बिएल

सर्लाहीको हरिपूर्वा नगरपालिका वडा नम्बर १ को वडाध्यक्षमा समाजवादी पार्टी नेपालका उम्मेदवार श्यामबाबु राय विजयी भएका छन् ।

३ सय ४७ मत ल्याएर श्यामबाबु विजयी भएका हुन्। उनका निकटम प्रतिद्वन्दी राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) का उम्मेदवार रामविश्वास राय र नेपाल कम्युनिस्ट पार्टीका उम्मेदवार दोस मोहम्मद अंसारीले समान ३ सय २८ मत प्राप्त गरे ।

यस्तै जनमत पार्टीका दिनेश राय यादवले ५२ र नेपाली कांग्रेसले २३ मत प्राप्त गरेको निर्वाचन अधिकृत कृष्णराम कोइरालाले जानकारी दिएका छन्। १ हजार ३ सय ५६ मतदाता रहेको उक्त वडामा १ हजार ९३ मतदान भएको थियो।

प्रकाशित मिति: : 2019-11-30 22:11:16

प्रतिकृया दिनुहोस्