भरतपुर १६ मा कांग्रेसका अमृतराज हमाल विजयी

फाइल तस्बिर: बिएल

भरतपुर महानगरपालिकाको वडा नम्बर १६ मा भएको उपनिर्वाचनमा नेपाली कांग्रेसका अमृतराज हमाल विजयी भएका छन्।

आईतबार बिहान पौने ३ बजे सकिएको मतगणनामा हमालले ३ सय ८ मतअन्तरका साथ विजयी भएका हुन्। अमृतले ३ हजार १ सय ८३ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्दी नेकपाका भक्तराज हमालले २ हजार ८ सय ७५ मत प्राप्त गरे।

गत निर्वाचनमा यस वडामा तत्कालीन नेकपा एमालेका उम्मेद्वार चतुर्मान गुरुङ बिजयी भएका थिए। उनको निधन भएपछि उप–निर्वाचन गरिएको हो।

कूल ६ हजार २ सय ५० मत खसेकोमा १ सय २१ मत भने बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ।

प्रकाशित मिति: : 2019-12-01 07:21:05

प्रतिकृया दिनुहोस्