अछामको मेल्लेखमा नेकपा विजयी

तस्बिरः एजेन्सी

अछामको मेल्लेख गाउँपालिका वडा नं ५ को मतगणना सकिएको छ। उक्त स्थानमा वडाअध्यक्षमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार रमेश खड्का विजयी भएका छ्न्।

खड्काले ७७८ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका उम्मेदवार वीरबहादुर बोहराले ५६३ मत पाएका छन्।

१९०४ मतदाता रहेको बिन्देबासीनिमा १ हजार ३ सय ५६ मत खसेको थियो। १६ मत बदर भएको निर्वाचन कार्यलयले जानकारी दिएको छ।

 

प्रकाशित मिति: : 2019-12-01 08:33:52

प्रतिकृया दिनुहोस्