गुल्मीको रुरुक्षेत्रमा नेकपाका सिंजाली निर्वाचित

प्रतिकारत्मक तस्बिर

गुल्मीको रुरुक्षेत्र गाउँपालिकाको वडा नम्बर ६ रिमुवाको वडा अध्यक्षमा नेकपाका गिरिप्रसाद सिंजाली निर्वाचित भएका छन्।

सिंजालीले ८०२ मत ल्याएर विजयी भएको मुख्य निर्वाचन कार्यालय गुल्मीले जनाएको छ। उनले नेपाली कांग्रेसका उम्मेदवार बेदप्रसाद दर्लामीले ७२७ मत ल्याए।

स्वतन्त्र उम्मेदवार मनबहादुर दर्लामीले १ मत पाए।

यहाँका कुल मतदाता २ हजार ४८ मध्ये १५ सय ४४ मत खसेको थियो भने १४ मत बदर भएको थियो।

प्रकाशित मिति: : 2019-12-01 08:41:13

प्रतिकृया दिनुहोस्