उपनिर्वाचन अपडेट : नेकपाका पाण्डेको क्षेत्रका दुबै वडामा कांग्रेस विजयी

नेकपामा प्रभावशाली नेता सुरेन्द्र पाण्डे । फाइल तस्बिर ।

नेकपाका प्रभावशाली नेता सुरेन्द्र पाण्डेको निर्वाचन क्षेत्रमा भएको उपनिर्वाचनमा सत्तारूढ नेकपा पराजय भएको छ ।

चितवन निर्वाचन क्षेत्र नः १ मा पर्ने खैरहनी नगरपालिकाको वडा नम्बर ४ र ५ को अध्यक्षमा नेपाली कांग्रेसका उम्मेद्वार विजयी भएका छन्।

खैरहनी नगरपालिका-४ (चितवन) : देवबहादुर बस्नेत- ११३८ (कांग्रेस/विजयी) बेद बहादुर अधिकारी- ९८६ (नेकपा)

खैरहनी नगरपालिका-५ (चितवन) : प्रतिमा कार्की- ८४२ (कांग्रेस/ विजयी) कूल नारायण प्रधान- ७५६ (नेकपा)

निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो परिणामअनुसार वडा नम्बर ४ मा कांग्रेसका देवबहादुर बस्नेतले नेकपाका बेदबहादुर अधिकारीलाई १५२ मतले पराजित गरेका छन् । बस्नेतले ११३८ मत ल्याउँदा अधिकारीले ९८६ मत पाएका छन् । 

यसैगरी वडा नम्बर ५ कांग्रेसकी प्रतिमा कार्कीले नेकपाका पुननारायण प्रधानलाई ८६ मत अन्तरले पराजित गरेकी छन् । कार्कीले ८४२ मत पाइन् भने प्रधानले ७५६ मत पाए । 

यसअघि दुबै वडामा कांग्रेस विजयी भए पनि त्यतिबेला एक्लै एमालेका उम्मेद्वार अहिलेको भन्दा झिनो मतले पराजित भएका थिए । तर, यसपटक एकीकृत नेकपाका उम्मेद्वार पहिलेभन्दा पनि फराकिलो मतान्तरले पराजित भएका छन् ।

 

प्रकाशित मिति: : 2019-12-01 09:36:06

प्रतिकृया दिनुहोस्