कास्की-२ मा विद्याकाे फराकिलो अग्रता

फाइल तस्बिर: बिएल

प्रतिनिधिसभाको कास्की– क्षेत्र नं‍ २ मा सत्तारूढ नेकपा उम्मेदवार विद्या भट्टराईले आफ्नो अग्रता फराकिलो पारेकी छन्।

पोखरा महानगरपालिकाको २ वडाको मतगणना सकिँदा भट्टराईले ३ हजार ७ सय ४ मतले आफ्ना प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी उम्मेदवारलाई पछि पारेकी हुन्।

प्राप्त परिणामअनुसार विद्याले ६ हजार ७ सय ९९ मत हासिल गर्दा कांग्रेस उम्मेदवार खेमराज पौडेलले ३ हजार ९५ मतका साथ नेकपा उम्मेदवारलाई पछ्याइरहेका छन्।

यता, समाजवादी पार्टीका उम्मेदवार धर्मराज गुरुङले १७२ मत ल्याउँदा साझा पार्टीकी रजनी केसी ९० मतमा सिमित छिन्। 

कास्की २ मा भएको उपनिर्वाचनमा ४५ हजार ५ सय ६३ मत खसेको छ। यो निर्वाचन क्षेत्रमा ७१ हजार ८ सय ७१ मतदाता थिए। ६३ दशमलब ४० प्रतिशत मात्र मत खसेको हो।

मतगणना जारी छ।

 

 
प्रकाशित मिति: : 2019-12-01 10:31:31

प्रतिकृया दिनुहोस्