भक्तपुर प्रदेशसभा : कांग्रेसका भँडेल विजयी

फाइल तस्बिर: बिएल

भक्तपुर क्षेत्र नम्बर १ (क)प्रदेशको मा नेपाली काँग्रेसका उम्मेद्वार कृष्णलाल भँडेल विजयी भएका छन्। भँडेल १३ हजार ४४९ मतसहित प्रदेशसभा सदस्यमा विजयी भएका हुन्। औपचारिक घोषणा हुन भने बाँकी छ।

भँडेलका निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेद्वार डीपी ढकालले ११ हजार २ सय ०६ मत पाएका छन् भने नेमकिपाका निरज लवजुले ५ हजार ८२९ मत पाएका छन्।

यसैगरी नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का निरज लवजूले ५,८२९ मत प्राप्त गरे। उनलाई पछ्याउँदै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का श्यामप्रसाद नेपालले ५७४ मत प्राप्त गरे। यसअघि यस क्षेत्रमा नेकपाल विजयी भएको थियो। 

२०७४ मा भएको प्रदेशसभा चुनावमा तत्कालीन नेपाल कम्युनिष्ट पार्टीका हरिशरण लामिछाने विजयी भएका थिए।

प्रकाशित मिति: : 2019-12-01 11:39:38

प्रतिकृया दिनुहोस्